स्वास्थ्य उपचार सकेर प्रधानमन्त्री आज स्वदेश फर्कंदै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ श्रावण २०७१, मंगलवार ०७:४०

काठमाडौं ,६ साउन । प्रधानमन्त्री सुशील कोइराला स्वास्थ्य उपचार सकेर आज स्वदेश फर्कनुहुने भएको छ । संयुक्त राज्य अमेरिकामा एक महिना लामो उपचार पछि प्रधानमन्त्री कोइराला आज नेपाल आउंदै हुनुहुन्छ । कोइराला आज बेलुका ८ बजे स्वदेश आइपुग्नुहुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।कोइराला इतिहाद एयरलाइन्सको उडानद्वारा काठमाडौं आउने कार्यक्रम रहेको कांग्रेसका मुख्य सचिव ऋषिकेश तिवारीले जानकारी दिएका छन् ।sushil-koirala

अमेरिकाको न्यूयोर्कस्थित मेमोरियल सोलान केटरिङ क्यान्सर सेन्टरमा फोक्सोमा देखिएको क्यान्सरको सङ्क्रमणको रेडियोथेरापी विधिको उपचार सम्पन्न भएपछि प्रधानमन्त्री कोइराला स्वदेश फर्कन लाग्नु भएको हो । प्रधानमन्त्रीलाई लामो समयदेखि ‘ब्रोङ्काइटिस्’ भएका कारण चिकित्सकको सल्लाहअनुसार फोक्सोमा देखिएको क्यान्सरको सङ्क्रमणको शल्यक्रिया नगरी रेडियोथेरापी विधिमार्फत उपचार गरिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख १८, २०८१