भोजपुरमा ५ करोड भन्दा बढी राजश्व संकलन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ श्रावण २०७१, मंगलवार ०६:२९

गणेश विष्ट / भोजपुर ६ साउन  ।
आर्थिक बर्ष ०७०÷७१ मा भोजपुर जिल्लामा ५ करोड ७७ लाख ७० हजार १ सय २३ रुपयाँ राजस्व संकलन भएको छ ।
भोजजपुरबाट विदेशिनेको संख्या बढेसंगै राजस्वमा पनि बृद्धी भएको हो । राहाधानी कर १ करोड ५६ लाख ५५ हजार ,एकलैटी फर्म तथा व्यक्तिगत आयमा ३ लाख ३६ हजार २ सय , पारिक्षमिक कर ४७ लाख ८५ हजार ३ सय , सामाजिक सुरक्षा कर ७३ लाख २ हजार ७ सय ९० रुपैया , घर जग्गा रजिष्टेसन कर २० लाख २ हजार , मुल्य अभिबृद्धि परामर्श तथा ठेक्का कर १४ लाख ५१ हजार ५ सय तथा अन्य विभिद र्सिसकमा गरि जम्मा ५ करोड ७७ लाख ७० हजार १ सय २३ रुपयाँ कर संकलन भएको कोष तथा लेखा नियन्त्रण कार्यलयले जनाएको छ । rashwa-karyalaya
जिल्लाको आय बढेसंगै राजस्वमा पनि वृदी भएका हो । कर्मचारीको तलब बाट काटिने कर , राहानी कर तथा एकलैटी फर्म तथा व्यक्तिगता आय कर राजस्वका संकलनका मुख्य स्रोत भएको कोष तथा लेखा नियन्त्रण कार्यलयका कोष तथा लेखा नियन्त्रक यमनाथ गीरीको भनाई छ ।

जिल्ला प्रशासन कार्यालय भोजपुरले मात्र करिव २ करोड राजश्व संकलन गरेको छ । संस्था दर्ता, नविकरण, हातहतियार नविकरण, न्यायिक दण्ड, प्रशासन दण्ड साथै राहदानी शुल्क आदिवाट १ करोड ८४ लाख ५१ हजार ६ सय ७५ रुपैया संकलन भएको प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ्गले बताए ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, जेष्ठ ८, २०८१