काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले ललितपुरको धार्मिक तथा सांस्कृतिक स्थलहरुको भ्रमण गरेका छन् । सोमबार दिउँसो ललितपुरको धार्मिक तथा सांस्कृतिक स्थलहरुको अवलोकनमा निस्किएका पूर्वराजा शाहले हिरन्यवर्ण महाविहार, बंगलामुखी, कुम्भेश्वर, भीमसेन र कृष्ण मन्दिरलगायतको धार्मिक स्थलको दर्शन गरेका थिए । साथै, उनले पाटन दरबार क्षेत्रको अवलोकनसमेत गरेका थिए ।
पूर्वराजा शाहको उक्त भ्रमणमा उल्लेख्य समर्थकहरुको उपस्थिति रहेको थियो । सो क्रममा उनले समर्थकहरुसँग संवादसमेत गरेका थिए । उनलाई समर्थकहरुले भव्य स्वागत गरेका थिए ।
प्रतिक्रिया