जिविस रौतहटमा ८ करोड ६२ लाख ४३ हजार फ्रिज

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ श्रावण २०७१, मंगलवार ०६:२२

प्रविण अग्रवाल/ रौतहट ६  साउन ।
आथिर्क वर्Èको अन्तिम दिनसम्म आईपुग्दा जिल्ला विकास समिति रौतहटको ८ करोड ६२ लाख ४३ हजार रकम फ्रिज भएको छ । यो वर्È सुनौलो हजारदिन कार्यक्रमको सबै भन्दा बढि २ करोड ५३ लाख ७६ हजार बजेट फ्रिज भएको छ । jibisa rautahatविभिन्न योजनामा ८ करोड ६२ लाख ४३ हजार रुपैया फ्रिज भएको जिल्ला विकास समितिको कार्यालय रौतहटले जनाएको छ । जिल्लाका ९१ बटा गाविसको कार्यालयका लागि आएको बजेट मध्ये समाजिक सुरÔा तर्फ ९४ लाख ९३ हजार, उपेÔित उत्पीडित ३ लाख ३५ हजार, संस्कृति पर्यटन ४ लाख ५६ हजार , गाविस अनुदान ५९ लाख १७ हजार रुपैया फ्रिज भएको छ भने जिविस अनुदान ९२ लाख ८० हजार, ग्रामिण्ँ खानेपानीमा ४ लाख ८५ हजार, झुल्गे पुल ३५ लाख ५२ हजार, साना सिचाई ८ लाख ९६ हजार , आरएआइडीपी २९ लाख ३० हजार ,एलजीसिडीपिमा १ करोड १४ लाख ४० हजार, स्थानीय यातायातमा ७५ लाख ६४ हजार , ओवीसिमा ८० हजार , सुनौलो हजारमा दिन २ करोड ५३ लाख ७६ हजार , स्थानीय स्तरका सडक ६४ लाख ९९ हजार र जनजाती १ लाख गरी जम्मा ८ करोड ६२ लाख ४३ हजार फ्रिज भएको छ । जिल्लामा आउने कार्यक्रम तथा बजेट ढिला गरी आउने गरेकाले उक्त रकम फ्रिज हुन गएको जिविस रौतहटका निमित स्थानीय विकास अधिकारी हेमराज फुयालले जानकारी गराएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, जेष्ठ ८, २०८१