प्रहारीका एआइजी बोल्न नजान्दा झण्डै कारवाहीमा परेका

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ पुष २०७३, मंगलवार ११:२९

काठमाडौँ – अख्तियार दुरुपयोग अनुन्धान आयोग पुगेका प्रहारीका एआइजी बोल्न नजान्दा झण्डै कारवाहीमा परेका छन् ।
एआइजी कृष्णकुमार तामाङलाई आयोगका आयुक्तहरुले बैठककै क्रममा कारवाहीको धम्की दिएको आजको दृष्टि साप्ताहिकमा खबर छ ।

गत बुधबार अख्तियारले गृहमन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख तथा गृह र प्रहरीका सबै जसो उच्च अधिकृतहरुलाई बोलाएको थियो ।

गृहमन्त्रालय र मातहतका भ्रष्टाचारको विषयमा परेको उजुरीको बारेमा छलपल गर्न उनीहरुलाई बोलाएको थियो ।

आयोगले उजुरीको विषयमा छलफल गर्न बोलाउँदा बिना कुनै तयारी एआइजी तामाङ पुगेका थिए । आयोगका पदाधिकारीहरुले राखेको प्रश्नमा केही पनि थाहा नभएको बताएपछि आयोगका आयुक्तहरुले उनलाई दफा १२ प्रयोग गरी कारवाही गर्ने धम्की दिएको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१