काग्रेस संविधान संशोधन तत्कालका लागि थाती राखेर स्थानीय निकायको निर्वाचन गर्नुपर्ने पक्षमा उभियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ पुष २०७३, सोमबार ०७:१५

काठमाडौँ ,११ पुस।  सत्तारूढ दल नेपाली काग्रेस संविधान संशोधन तत्कालका लागि थाती राखेर स्थानीय निकायको निर्वाचन गर्नुपर्ने पक्षमा उभिएको छ। पदाधिकारी, पूर्वपदाधिकारी तथा केन्द्रीय सदस्यहरूले संविधान कार्यान्वयनका लागि निर्वाचन अनिवार्य भएको बताएका छन्। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।
कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकमा सभापति शेरबहादुर देउवाले निर्वाचनको मिति घोषणा भएमा राजनीतिक वृत्तमा सकारात्मक सन्देश जाने र संविधान कार्यान्वयनको चरण सुरू हुने बताए। ‘तत्काल स्थानीय तहको निर्वाचन गर्न सक्ने सम्भावना नभएकाले निकायकै भए पनि निर्वाचन गर्नुपर्छ,’ देउवाले भने,‘ संविधान संशोधन प्रस्ताव थाति राखेर भए पनि तत्काल स्थानीय निकायको निर्वाचनको मिति तोक्ने विषयमा प्रधानमन्त्रीसँग र प्रतिपक्षी एमालेसँग छलफल चलाउनुपर्छ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१