सवारी लाइसेन्सको फर्म आजदेखि अनलाइनबाटै भर्न सकिने, यसरी भर्नुहोस्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० पुष २०७३, आईतवार १५:०९

काठमाडौँ , १० पुस  ।  सरकारले आजदेखि सवारी चालक अनुमति पत्रको फाराम अनलाइनबाटै भर्न सकिने व्यवस्था गर्दैछ । अनलाइन फाराम यातायात व्यवस्था विभागको बेवसाइट डब्लुडब्लुडब्लु डट डिओटिएम डट जिओभी डट एनपी  www.dotm.gov.np  मा गएर फाराम भर्न सकिन्छ । वेवसाईटको बायाँपट्टी केही तल रहेको अनलाईन सवारीचालक अनुमति पत्र अप्सनमा क्लिक गर्नुपर्नेछ । हाललाई दुई पाङ्ग्रे सवारीको मात्रै दरखास्त दिन सक्ने व्यवस्था गरिएको छ । आज दिउँसो औपचारिक शुभारम्भपछि मात्रै यो सेवाबाट सेवाग्राहीले फाराम भर्न सक्नेछन् । अनलाइनमा फाराम भरेर पठाएपछि दर्ता नम्बर र कार्यालयमा सम्पर्क राख्न जाने समय अनलाइनबाटै दिइने विभागका प्रवक्ता टोकराज पाण्डेले जानकारी दिए । कार्यालयमा सम्पर्क राख्नका लागि भने ललितपुरको एकान्तकुनामै जानुपर्ने हुन्छ । भक्तपुरको सल्लाघारी एवम् काठमाडौँका चाबहिल र कलङ्कीमा पनि सेवा सुरु भएपछि त्यहाँबाट पनि अनलाइनबाटै सवारी चालक अनुमति पत्रसम्बन्धी काम गर्ने तयारी भइरहेको छ । यो सेवा सुरु भएपछि मध्यरातदेखि यातायात सेवा कार्यालयमा अनुमति पत्रको फाराम भर्न लाइनमा बस्नुुपर्नेछैन । भीडभाड नहुँदा सेवाग्राही र कर्मचारी दुवैलाई सहज हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१