चीन सरकारले ६ वटा जहाज दिने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ श्रावण २०७१, सोमबार १०:१७

काठमाडौं, ५ साउन  ।
चीन सरकारले राष्ट्रिय ध्वजावाह नेपाल वायु सेवा निगमलाई थप ६ वटा जहाज दिने भएको छ । चीनले गत वर्षकै प्रकृतिको अनुदान र सरल ऋणमा जहान दिन लागेको समाचार आजको कारोबार दैनिकमा छ । गत वर्ष दिने भनिएका ६ वटा जहाज ०७१ कात्तिकभित्र नेपाल आइसक्ने छन् ।get_img

चीनबाट थप ६ जहाज पाएमा सन् २०१६ सम्ममा निगमसँग १९ जहाज हुनेछन् । संस्कृति,पर्यटन तथा नागरिक उड्डन मनत्रलय स्रोतका अनुसार चीनले एम ए ६० दुइवटा र चारवटा वाई १२ जहाज नै दिनेछ । नेपाल र चीन सरकारबीच छलफल चलेपछि निगमले मन्त्रालयलाई केही साताअघि ६ जहाजका लागि प्रस्ताव समेत पठाइसकेको छ ।

मन्त्रलयले माग गरेअनुसार केही समयअघि नै ६ वटा जहाजका लागि प्रस्ताव पठाइसकेको निगमका प्रवक्ता सरोज कसजूले जानकारी दिए । गत वर्ष अनुदानमा दिने भनिएकामध्ये ५४ सिट क्षमताको एम ए ६० नेपाल आइसकेको छ भने बाइ १२ आगामी साता ल्याइदै छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, जेष्ठ ८, २०८१