निर्देशक भुर्तेल ५ फिल्ममा व्यस्त ,सोनिया र शुष्मालाई चिट्ठा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ श्रावण २०७१, आईतवार १४:०१
निर्देशक वेदप्रसाद भुर्तेलका कुनै पनि सिनेमा प्रदर्शनमा आएका छैनन् । तर उनी एक साथ ५ चलचित्रको काममा व्यस्त छन् । उनले ‘कुर्वान’, ‘संजोग’, ‘भित्ती’, ‘शीत’ र फेरि भेटौला’मा एकसाथ काम गरिरहेका छन् ।
kurban 2 (1)
चलचित्र ‘संजोग’ कात्तिक २१ गतेबाट प्रदर्शनमा आउ“दैछ । यो चलचित्रलाई उमेश उप्रेती र रोशन उप्रेतीले निर्माण गरेका हुन् । चलचित्रमा सुष्मा कार्की, सविन श्रेष्ठ र प्रज्वल गिरीको मुख्य भूमिका छ । Nepali Movie
यस्तै चलचित्र ‘भित्ती’मा मौसम तामाङको लगानी छ । चलचित्रमा प्रज्वल गिरी, सोनिया शर्मा र निर्देशक भुर्तेलकै अभिनय छ । चलचित्र ‘कुर्वान’लाई प्रेम तामाङ र राकेश गिरीले निर्माण गरेका हुन् । चलचित्रमा अभय चन्द, प्रज्वल गिरी, सोनिया शर्मा, जैना कु“वर, राकेश गिरीको अभिनय छ । sut (1)
यस्तै यतिबेला २ चलचित्रको गीत रेकडिङ कार्य अगाडि बढेको निर्देशक भुर्तेलले  जानकारी दिए । जसमा श्याम मगरको लगानीमा ‘शीत’ र खगेन्द्र उप्रेतीको लगानीमा ‘फेरी भेटौला’ निर्माण हु“दैछ ।
feri bhetiyalaचलचित्र ‘फेरि भेटौला’मा दिलकृष्ण श्रेष्ठ र प्रज्वल गिरीको अभिनय रहने पक्का भैसकेको छ । भुर्तेलले सिनेमा बनाउ“दा नायिका सुष्मा कार्की र सोनिया शर्मालाई भने चिठ्ठा नै परेको देखिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, जेष्ठ ८, २०८१