मिस नर्स चितवन २०१४ सम्पन्न

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ श्रावण २०७१, आईतवार ०५:३०
चितवन ,४ साउन  l  स्वास्थ्य संस्थाको क्षेत्रमा क्रियाशिल स्टाफ नर्स, विएसी नर्सिङ्ग, विएन अध्ययनरत छात्राहरु सहभागी भएका “मिस नर्स चितवन २०१४” को समापन भएको छ . शनिबार चितवन स्थीत भरतपुर क्यान्सर अस्पतालको सभा हलमा आयोजना भएको फाईनल बाट “मिस नर्स चितवन २०१४ ‘ को ताज ममता पाण्डेले पाएकी छिन  l
मिस नर्स चितवनको अडिसनमा भाग लिनकै लागि अस्पतालमा कार्यरत हुँदा हुदै अस्पताले अनुमति नदिंदा उनले जागिर बाट नै राजिनमा दिएर अडिसनमा आएकी थिइन . “मैले सोचेको पनि थिईन म यो ताजको हकदार हुने छु भनेर , तर आज मैले नै पाए मेरो यो जिन्दगीको नै सबैभन्दा ठुलो खुशी हो ” ममता पाण्डे  l IMG_0257
स्ट्रिङ्ग मिडियाको आयोजनामा सम्पन्न भएको “मिस नर्स चितवन २०१४” को जजमेन्ट गर्नको लागि नायिका  पन्त शनिबार मात्र चितवन आएकी थिईन l
चितवन जिल्ला बाट करिब १ सय ७ जना प्रारम्भिक प्रतिस्पर्धीहरु अडिसनमा फाइनल राउण्डका लागि तय भएका थिए  l
बिजेत ममता पाण्डेले “मिस नर्स चितवन २०१४ ” को ताज संगै एक थान सुजुकी स्कुटरका साथै म्यूजिक भिडियो र चलचित्रमा अभिनय गर्ने अवसरसमेत पाएकी छिन  । त्यस्तै प्रथम रनर अप बनिन अन्जुला सुनार  र द्वितिय रनर अप  रचना पुरी लाई भने क्रमश नगद रु २५ हजार पुरस्कार, गीफ्ट ह्याम्परका साथै सम्मान रु १५ हजार नगदसहित गिफ्ट ह्याम्पर तथा सम्मान प्रदान गरिएको छ  । साथै उनीहरुलाई पनि म्यूजिक भिडियो तथा चलचित्रमासमेत अवसर प्रदान गरिएको  आयोजकले बताएको छ । आयोजित फाईनल सो लाई न्युज २४ टेलिभजन बाट प्रत्यक्ष प्रसारण गरिएको थियो  । कार्यक्रमका आयोजक सिरस पुडाशईनी हुन् .

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, जेष्ठ ८, २०८१