कांग्रेसले हटाउँछु भन्दैमा ओली सरकार हट्दैनः पौडेल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३२ जेष्ठ २०७३, मंगलवार १२:४४

ramchandra poudelजेठ ३२, चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई सत्ताको भन्दा व्यवस्थाको चिन्ता रहेको बताएका छन् ।

उनले संविधान कार्यान्वयन गर्न सरकारमा जानुपर्छ भन्ने छैन भन्दै उनले भने “कानुन संसद्ले बनाउने हो, कांग्रेस संसदमा छ, त्यहीँ बसेर कानुन निर्माण गर्दै संविधान कार्यान्वयनमा लाग्छौँ ।” “कांग्रेसले हटाउँछु भनेर हट्ने र राख्छु भनेर रहने होइन, त्यो घटकमा जबसम्म तालमेल रहन्छ तबसम्म केपी ओली नेतृत्वको सरकार रहन्छ ।”

प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले लामो समयदेखि स्थिर सरकार हुन नसकेका कारण अब संविधान कार्यान्वयन गर्दै स्थिर सरकार निर्माण गर्नेतर्फ कांग्रेस लाग्ने बताए ।

नेता पौडेलले कांग्रेस स्थानीय निर्वाचन गर्ने पक्षमा रहेको बताउँदै भने “संविधानमा उल्लेख गरिएको स्थानीय निर्वाचनका संरचना निर्माण गरेर स्थानीय निर्वाचन गराउनुपर्छ ।” उनले गाउँ विकास समितिको नभै गाउँपालिका र नगरपालिकाको निर्वाचन गर्नुपर्ने बताए ।

मधेसवादी दललाई सहमतिमा नल्याई स्थानीय निर्वाचन गर्न कठिन हुने बताउँदै नेता पौडेलले मधेसवादी दलसँग गम्भीररुपमा वार्ता गरेर समस्या समाधान गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१