गाँजा तस्कर र प्रहरीबीच गोली हानाहान

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ जेष्ठ २०७३, सोमबार १२:५३

golihanahanपर्सा ३१ जेठ । पर्साको शङ्करसरैयामा आइतबार राति लागुऔषध कारोबारी र प्रहरीबीच गोली हानाहान भएको छ । भलुवही खोलाको बगरमा राति ११ः४५ बजेको समयमा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको हो ।

मकवानपुरबाट पर्सा भित्र्याउन लागिएको प्रतिबन्धित आगुऔषध गाँजा र चरेस नियन्त्रणमा लिन लुकेर बसेका सुरक्षाकर्मीलाई लक्ष्य गरी तस्करहरुले गोली प्रहार गरेपछि प्रहरीले दुई राउन्ड गोली चलाएको बताईएको  छ ।

गोली हानाहानमा दुवैतर्फ कुनै मानवीय क्षति नभएको बताइएको छ । प्रहरीले प्रतिकार गरेपछि अँध्यारोको फाइदा उठाउँदै तस्कर फरार हुन सफल भएको प्रहरीले जनाएको छ । भिडन्तपछि घटनास्थलका निरीक्षण गर्दा प्रहरीले १० वटा पोकामा एकसय किलो गाँजा फेला पारेका थियो ।

मकवानपुर, धादिङ, चितवनलागायतका जिल्लामा उत्पादन भएका लागुऔषधलाई भरियाको मद्दतले पर्सा वन्यजन्तु आरक्षको बाटो प्रयोग गरी कारोबारीले पर्सामा भित्र्याउने गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१