७ बुदे घोषणा पत्र जारी गर्दै परिवार दलको प्रदेश नम्बर ३ को भेला सम्पन्न

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० जेष्ठ २०७३, आईतवार ०५:४७

IMG_6700काठमाडौँ  । नेपाल परिवार दलका अध्यक्ष एवम् शान्ति तथा पुननिर्माण मन्त्री एकनाथ ढकालले नेपाल परिवार दल सच्चा देश भक्त र विकास प्रेमीहरुको साझा थलो भएको बताउनुभएको छ । परिवर्तनको उपलब्धिहरु सस्थागत गर्न र नयाँ संविधानले वास्तविक बैधानिकता प्राप्त गर्न मुलुकमा आमुल रुपमा आर्थिक प्रगति हुनु पर्ने बताउदै बेरोजगार र गरिबी, पछौटेपन जस्ता मुद्धाहरुको उचित सम्बोधन नभई राष्ट्रियता पनि बलियो हुन नसक्ने जिकिर बताउनुभयो ।
काठमाडौमा भएको नेपाल परिवार दलको प्रदेश नम्बर ३ को भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै ढकालले सरकारले घोषणा गरेको स्थानिय निकार्यको निर्वाचन मङसिर महिना मै हुने भएकाले त्यसको तयारीमा लाग्न नेता तथा कार्यक्रताहरुलाई निर्देशन दिए ।
अबका निर्बाचनका एजेन्डाहरु बिगतको भन्दा फरक हुन्छन भन्दै राजनैतिक दलहरुले प्रस्तुत गर्ने बिकासको मोडेल अनुसार मतदाताले मत खसाल्ने छन् भन्नु भयो । उहाँले अब एकले अर्कोलाई चर्को गालि बिरोध गर्ने वा झुटो सपना बाड्न आउने दलहरुप्रति सजक हुनु पर्छ भन्दै राजनीतिमा मूल्य मान्यता र इमान्दारिताले प्राथमिकता पाउने जिकिर गर्नु भयो । नयाँ संविधानले लोककल्याणकारी राज्यको परिकल्पना गरेको छ भन्दै यसको साकार पार्ने दायित्व पनि सबैको हो भन्नु भयो । उहाँले नेपाल परिवार दल मुलुकको सबै समस्याको समाधानमा सक्रिय सहभागिता जनाउदै आयको बताउदै राष्ट्र सेवा र जन सेवानै पार्टीको मुलमन्त्र हो भन्नु भयो । आफ्नो पार्टी स्थापना कालदेखि हालसम्म राष्ट्रिय समस्याको समाधान गर्न, मुलुकमा स्थायी शान्ति र मेलमिलाप कायम राख्न र मूल्यमान्यताको राजनैतिक संस्कारको पहलकदमी लिन अग्रपंतिमा रहदै आयको बताउदै अबको राष्ट्रिय राजनीतिमा परिवार दल एक बैकल्पिक लोकतान्त्रिक धारको रुपमा अघि बढ्ने स्पस्ट पार्नु भयो । नयाँ संविधानले व्यवस्था गरे बमोजिमको सात वटै प्रदेशमा नेपाल परिवार दलको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण सञ्चालन गरेको बताए ।
महामन्त्री बिनोद डाँगीले परिवार दलले आठ बर्षको समयमा राष्ट्र र जनतालाई प्रमुख प्राथमिकतामा राख्दै शान्ति पूर्ण तरिकाले क्रियाकलाप संचालन गरेको जानकारी दिदै आगामी दिनमा समुन्नत नेपाल निर्माणको लागि जस्तो सुकै बलिदानी गर्न परे पनि पछि नहट्ने बताउनु भयो । उनले संविधानले लोककल्याणकारी राज्यको आधारशिला खडा गरेकोले संविधान निर्माणसँगै आफ्नो पार्टीले बोकेका धेरै एजेन्डाहरू सफल भएको समेत बताए ।
दलका प्रवत्ता सन्तोष कुमार पौडेलले महात्मा गान्धी र डा. मुनको शान्तिबादलाई अंगिकार गरेकोले आफ्नो पार्टी नेपालकै उत्कृष्ट भएको दावी गदै मुलुकलाई बिकास र निकास दिने दल यहि भएको बताए । परिवार दल शान्ति, सुशासन, समृद्धि, समानता र राष्ट्रिय स्वाधीनताको पक्षधर पार्टी भएको स्मरण गराउँदै दलका कार्यकर्ता सामाजिक कार्यकर्ता बन्न सक्नुपर्चा भन्नु भयो । उहाले देशमा चारित्रिक आन्दोलनको पक्षमा होस् वा भुकम्प प्रभावित जनतालाई राहत उपलब्ध गराउने कुरामा किन नहोस, नेपाल परिवार दलले जनताको दलको रुपमा अग्रपंक्तिमा रहेर योगदान गरेको छ भन्नु भयो ।
दलकी केन्द्री सदस्य एवम् सांसद मिलन कुमारी राजबंशीले नयाँ नेपालको नेतृत्व गर्ने पार्टी नेपाल परिवार दल नै भएको बताउदै मुलुकलाई आबस्यक नयाँ विचार र नयाँ नेतृत्व दिन आफ्नो पार्टी तयार रहेको उल्लेख गरिन् ।
भेला संयोजक रामप्रसाद ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेताहरु लक्ष्मी प्रसाद भण्डारी, गणेश कुमार श्रेष्ठ , दयाराम कडेल, पीस फोस्रका अध्यक्ष अशोक शर्मा भट्ट लगायतले परिवार दल समानताको सिद्धान्त बोकेको पार्टी रहेको दाबी गर्दै पार्टीका नेता तथा कार्यकर्तालाई सक्रिय रूपमा संविधानको प्रचार–प्रसार गर्न, सेवामुलक कार्यबाट जनताको विश्वाश जित्न तथा विकृति–विसंगति र भ्रष्टाचारको डटेर विरोध गर्न आग्रह गरे ।

भेलाले दलका केन्द्रीय सदस्य गणेश कुमार श्रेष्ठको अध्यक्षता ५१ सदस्सीय प्रदेश समिति गठन गरेको छ । समितिको सह–संयोजकमा मनोज कुमारी सुर्खेती, रामप्रसाद ज्ञवाली, सचिव केशव श्रेष्ठ, सहसचिव सुकराम तामाङ्घ कोषाध्यक्ष सरस्वती चित्रकार, प्रवत्ता लक्ष्मी प्रसाद भण्डारी लगायतका रहेका छन भने सदस्यमा अनिल कुमार खनिया, सोनु तामाङ, खड्ग बहादुर दाहाल, लेखनाथ सापकोटा, राजेश कार्की, लिलिबहादुर श्रेष्ठ, हरि खत्रि, शिवकुमार श्रेष्ठ, लिलाबहादुर आचार्य, राजकुमार श्रेष्ठ, राजेन्द्र खड्का, अनिल श्रेष्ठ, ललितध्वज खड्का, राजेन्द्र तामाङ, रामबाबु रानामगर, हरि लोप्चन, महेश श्रेष्ठ, श्रदा सेडाइ, सावीत्री न्यौपाने, मिना गुरुङ, हरिमाया गुरुङ, रुपा थापा, सुभद्रा दाहाल, धन थापा, सरिता अधिकारी, उमा लामा, प्रतिमा लामा, रुकमणी चौधरी, बिनोद चिन्तन, नियाज अहमद, धर्मप्रसाद ढकाल, जितेन्द्र श्रेष्ठ, राजेन्द्र प्रसाद अर्याल, सन्तबहादुर पन्त, रविन कुमार महर्जन, बालकृष्ण श्रेष्ठ, हेमबहादुर गुरुङ, ओमकुमार श्रेष्ठ, राधेश्याम बानिया, श्रीराम गौतम, नमिमा मिया र शिवराम चौधरी रहेका छन् ।
यसैबीच दलका अध्यक्ष ढकालले बुद्दिजिबि, युवा तथा बिभिन्न राजनीतिक दल परित्याग गरि नेपाल परिवार दलमा प्रबेश गर्ने १३ जिल्लाका १५० जना नब प्रवेशीलाइ रातो टिका तथा सदस्यता प्रदान गरि पार्टी प्रवेश गराउनु भयो ।
प्रदेश भेलाले काठमाडौ घोषणा पत्र जारी गरेको छ
१. संबिधान सभाबाट संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधान जारी हुनु एक अद्दितिय उपलब्धि हो । नयाँ संविधानले नेपाली जनताको सात दसक लामो आकांक्षा पुरा गर्दै विभिन्न आन्दोलन र एतिहाँसिक परिबर्तनका उपलब्धिहरु लाइ संस्थागत गरेको छ । नेपालको संबिधानमा भयको पहिलो संशोधनले तराई मधेसका जनताले लामो समयदेखि गरेको आन्दोलन र यहि क्रममा जिबन समर्पण गर्ने दर्जनौ सहिदहरुको भावनाको कदर गरेको छ । निस्कर्षमा संविधानले लोककल्याणकारी राज्यको आधारशिला निर्माण गरेको हाम्रो ठहर छ । संबिधान एक गतिशील दस्ताबेज भयकोले समयानुकिल जन आकांक्षा अनुसार परिमार्जित हुदै जाने बिश्वाश ब्यक्त गर्दछौ ।
२. संबिधान जारी संगै अधिकाम्स राजनैतिक मुद्धाहरु सम्बोधन भइसकेकोले अबका दिनहरु विकास निर्माण, रोजगारीको सुजना र नागरिकको आर्थिक स्तर माथि उकास्न केन्द्रित हुनु पर्दछ भन्ने हाम्रो मान्यता छ । त्यसैले संबिधान निर्माणपछिको पहिलो दशक लाई “आर्थिक क्रान्तिको दशक“ घोषणा गरि चरितार्थको लागि आबस्यक कार्ययोजनाहरु अघि सार्न हामी नेपाल सरकार, राजनैतिक दलहरु र सरोकारवाला सबैमा आग्रह गर्दछौ ।
३. लामो आन्दोलन र सिमा अबरोधका कारण कष्टकर जिबन यापन गर्न बाध्य नेपालको तराई मधेशका बासिन्दाको हितलाइ ध्यानमा राखी तत्काल “बिशेष आर्थिक सामाजिक रुपान्तरणको प्याकेज“ ल्याउन सरकारको ध्यनाकर्षण गराउदै दिर्घकालको लागि प्रदेश नम्बर ३ को समुन्नत विकास गर्न “प्रदेश विकास बृहतर गुरुयोजना“ तयार गर्न सरकार संग आग्रह गर्दछौ ।
४. प्रदेश नम्बर ३ का सम्पूर्ण जिल्ला, नगरपालिका, गाउपालिका तथा गा.बि. स. मा “ सम्पूर्ण समस्याको हल ः घर घरमा परिवार दल“ अभियान संचालन गरि नेपाल परिवार दलको संगठन विस्तारलाइ ब्यापकिकरण गर्ने ।
५. विभिन्न संघ सस्थाहरुसंग सहकार्य गरि पारिबारिक उत्थान, नैतिक ( सामाजिक जागरण, नेतृत्व विकास, मेलमिलापको तथा शान्ति स्थापनाको खातिर “जनताको जनादेश ः सम्बृद्ध प्रदेश“ अभियान संचालन गर्ने ।
६. राजनैतिक सहमति गरि स्थानीय निकायको निर्बाचन घोषणा गर्न सरकार संग माग गर्ने । सथानीय निकायको निर्बाचनमा नेपाल परिवार दलले सबै स्थानमा उम्मेदवारी दिन तयारी गर्ने । राष्ट्रियता र जनजीविकाको बारेमा गम्भीर हुन र भुकम्प पछिको पुनर्निमाणलाइ तिब्रता दिन सरकारको ध्यानाकर्षण गराउने ।
७. तुरुन्त सात वटै प्रदेशमा नयाँ संबिधानमा ब्यबस्था भय बमोजिम “प्रदेश प्रमुख“ पठाई संघियताको कर्योनोयन थालनी गर्न सरकार संग आग्रह गर्ने । IMG_6845 IMG_7026

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१