नेपाल – भारत सीमाका १ सय ४७ स्तम्भ गायब

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ जेष्ठ २०७३, शनिबार ०७:१५

काठमाडौं  २२ जेठ। भारतको अररियास्थित फरबेसगन्जमा शुक्रवार सम्पन्न भएको नेपाल र भारतका अधिकारीको संयुक्त बैठक दुई देशबीचको सिमाना छुट्याउनका लागि निर्माण गरिएका सीमास्तम्भका विषयमा केन्द्रीत भएको छ ।

nepal bharat sima

फिल्ड सर्भे टिममा रहेका दुई देशीय अधिकारीको संयुक्त वैठकले सीमास्तम्भ मर्मतसम्भार, खोज र निर्माणमा केन्द्रीत रहेको आजको अन्नपूर्णमा समाचार छ ।

नेपालस्थित पूर्वका झापा, मोरङ र सुनसरी तथा भारतका अररिया, सुपौल र किसनगन्जको बीचमा पर्ने सीमास्तम्भ निरीक्षण अनुगमन, स्तम्भको गणना, पुनर्निर्माण र मर्मत सम्भारको काम गर्न गठन गरिएको नेपाल र भारतका अधिकारी सम्मिलित संयुक्त फिल्ड सर्भे टिमले एक वर्षदेखि काम गरिरहेको छ ।

मोरङका प्रजिअ तोयम रायाका अनुसार बैठकमा फिल्ड सर्भे टिमले एक वर्षमा नेपाल भारतको सिमानामा चार सय ९३ वटा सीमा स्तम्भ मर्मत समभार गरेको छ ।

पुराना स्तम्भ क्षति भएपछि त्यही ठाउँमा ७९ वटा नायाँ स्तम्भ निर्माण गर्नुपरेको छ । अनुगमनका क्रममा नेपाल भारत सीमा षेत्रका एक सय ४७ वटा सीमास्तम्भ हराएका पाइएका छन् । सीमास्तम्भ कसरी हराए भन्ने बारेमा पनि खोजी गर्न दुवै देशका अधिकारी सहमत भएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१