विराट पेट्रोलियम बिरुद्ध अख्तियारमा मुद्दा दायर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ चैत्र २०७२, बुधबार १५:२३

काठमाडौँ । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले नेपाल आयल निगम र विराट पेट्रोलियम कम्पनीकाबीच भएको सम्झौताका विषयमा छानबिन गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा आज मुद्दा दायर गरेको छ ।birat

अनेरास्ववियुका अध्यक्ष नविना लामाको नेतृत्वमा उक्त कार्यालय पुगेको प्रतिनिधिमण्डलले आयल निगममा भएको भ्रष्टाचार, कमिसनका विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्न अख्तियारका प्रवक्ता कृष्णहरि पुस्करलाई ध्यानाकर्षण समेत गराएको छ ।

विराट कम्पनीले दैनिक तीन लाख लिटर पेट्रोल प्रचलित मूल्य भन्दा ३० रुपैयाँ बढी लिएर पाँच दिनसम्म बिक्री गर्दा प्राप्त भएको रु चार करोड ५० लाख राज्यकोषमा दाखिला गर्न समेत सङ्गठनले माग गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१