सडक, संसद र सरकारमा परिवार दल अभिभाबकीय भूमिकामा : अध्यक्ष ढकाल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ चैत्र २०७२, सोमबार १०:२७

poकुनै पनि बहानामा पुनर्निमाण कार्यमा ढिलासुस्ती गर्ने गराउने उपर ठाडो कारबाही

गोरखा । नेपाल परिवार दलका केन्द्रीय अध्यक्ष एवम् शान्ति तथा पुनर्निर्माण मन्त्री एकनाथ ढकालले आफ्नो पार्टीले सडक, संसद र सरकारमा मेलमिलाप र अभिभावकीय भुमिका निभाउदै आयको बताउनु भयको छ । नेपाल परिवार दल गोरखाको प्रथम जिल्ला अधिबेशनको उद्घाटन गर्दै अध्यक्ष ढकालले परिवार दल एक बैकल्पिक प्रजातान्त्रीक शत्तिको रुपमा उदाएको बताए । अध्यक्ष ढकालले बिरोध गर्दा मात्रै ताली बज्ने परम्पराको अन्त्य गरि सकारात्मक राजनैतिक संस्कारको विकास गर्नुपर्ने बताए । अध्यक्ष ढकालले तत्कालिन गोरखाका राजा पृथ्वी नारायण शाहको अगुवाइमा नेपालको भौगोलिक एकता सम्पन्न भय पनि भावनात्मक रुपमा नेपाली बिचको एकता कायम गर्न परिवार दलले राष्ट्रब्यापी अभियान संचालन गरेको बताउदै आफ्नो पार्टी शान्ति, सुशासन, सम्बृद्धि, समानता, सदभाब, राष्ट्रिय स्वाधीनता र समाबेशी लोकतन्त्रको पक्षधर भएको स्मरण गराउनु भयो । उहाँले आफ्नो पार्टी सत्य र निष्ठाको राजनीति गरेका कारण लक्ष्यमा पुग्ने विश्वास समेत व्यक्त गर्नुभएको छ ।

उहाँले जुनसुकै दललाई चुनाब जिताय पनि जनतालाई भने “हात्ती आयो हात्ती आयो फुस्सा” भयको बताउदै अब उपयुक्त विकल्पको खोजि गर्ने समय आयको बताउनु भयो ।
उनले संविधानको बिरोधले कुनै समस्याको निवारण नहुने बताउदै सफल कर्योनोयनले मात्र सहि निकास दिने बताउनु भयो । एक अर्को प्रसंगमा मन्त्रि ढकालले पुराना राजनैतिक दलहरुलाइ आफ्नो पार्टीले गुरुको रुपमा सम्मान गर्ने बताउदै जसरि असल गुरुले चेलाहरु आफूभन्दा राम्रो होस् भन्ने कामना गर्छन त्यसैगरि नेपाल परिवार दल पुराना पार्टी भन्दा असल र प्रभाबकारी हुने प्रयास गरेको बताउनु भयो । मन्त्रि ढकालले संसद भित्र र बाहिर रहेका सबै दलको सहमतिमा मात्रै राष्ट्रिय सरकार बन्न सक्ने स्पस्ट पार्नु भयो । उहाँले लोकतन्त्रको बिकासको लागि संसदमा बलियो प्रतिपक्षको आवश्यकता पर्ने बताउदै प्रमुख दलहरुमध्य कुनै एकले प्रतिपक्षको भूमिका बहन गर्नु राम्रोहुने बताय ।

मन्त्री ढकालले एक छुट्टै प्रशगंमा भ्रष्टचार गर्नेलाई मात्र हैन अव काममा बाधा पुर्याउने तथा अल्छी गर्नेहरुलाई पनि कडा कारबाही गरिने बताए । मन्त्रि ढकालले भूकम्पले क्षति पुगेको गोरखा जिल्लाको सार्बजनिक तथा निजि संरचनाको तिब्र पुनर्निर्माण गर्नुपर्नेमा जोड दिदै पुनर्निर्माण कार्यलाई कुनै पनि बहानामा ढिलासुस्ती गर्ने गराउने उपर सरकारले ठाडो कारबाही गर्ने स्पस्ट पर्नु भयो ।

मन्त्रि ढकालले नेपाल परिवार दलले “अजात शत्रु विजात शत्रु” को नीति लियकोले सबै राजनैतिक दलहरुसंग सहकार्य गरि विकास निर्माणमा ध्यान केन्द्रित गर्न कार्यकर्ताहरुलाई निर्देशन दिनु भयो । कार्यक्रममा दलका महामन्त्री बिनोद डाँगी, प्रबक्ता सन्तोष पौडेल, केन्द्रिय सदस्यहरु डा. राजाराम श्रेष्ठ, मिलन राजबंशी, मनोजलाल कर्ण, प्रकाशबाबु थापा, गोमा दाहाल, मनोज सुर्खेती, देबी निरौला, लक्ष्मी प्रसाद भण्डारी, काशिनाथ खनाल लगायत र नेताहरु शिवजी भट्टराई, नबिन जैशी, अशोक भट्ट लगायत उपस्थित हुनुहुन्थ्यो । पूर्व अध्यक्ष ऋषि भट्टको अध्यक्षतामा सम्पन्न अधिबेशमा जिल्लाको तिनवटै निर्बाचन क्षेत्र, दुइ नगरपालिका र विभिन्न गा. बि. स. वाट २५० प्रतिनिधि तथा पर्यभेक्षक हरु सहभागी थिय । अधिबेशले रबिन्द्र थापाको नेतृत्वमा नया जिल्ला कार्य समितिको निर्बाचित गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१