मकाउमा नेपालीहरूले २८५२ औं सोनाम ल्होछार भव्यताका साथ मनाए

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ फाल्गुन २०७२, शुक्रबार १०:२०

२कर्ण बहादुर अधिकारी । जन्म भूमि नेपाल छाडेर विदेशी भुमिमा रहनु परे पनि आफ्नो रीति रिवाज र परम्परालाई निरन्तरता दिदै मकाउमा रहेका नेपालीहरूले माघ २८ गतेका दिन २८५२औं सोनाम ल्होछार पर्ब भव्यताका साथ मकाउ फिसरम्यान स्थित टेष्टअफ इण्डिया रेष्टुरेन्टमा मनाए।उक्त कार्यक्रममा प्रमुख अतिथि हङ्कङ तामाङ घेदुङ्ग संघका अध्यक्ष प्रेम लामा,अतिथिहरू श्रीमती कुमारी लामा, बिष्णु तामाङ्ग,दुर्गा योन्जन, सरस्वती घिसिङ्गको उपस्थिति रहेको थियो।प्रमुख अतिथी प्रेम लामाबाट दीप प्रजोलन गर्नु भएको थियो।प्रमुख अतिथीले मकाउमा तामाङ्ग घेदुङ्ग संघको समिति निर्माण गर्नका लागि हङ्कङ्ग तामाङ्ग घेदुङ्ग संघ सधै तत्पर रहेको र सधै एक आपसमा सहकार्य गरी अगाडी बढ्ने कुरा उल्लेख गर्नु भयो। बिगतका दिनहरूमा सानो सानो समुहमा सोनाम ल्होछार मनाए पनि यस पटक भने बृहत रूपमा नै मनाउन सफल भएकोमा आयोजक मध्यका दोर्जे लामा खुशी हुनु हुन्छ।आउँदो बर्षहरूमा हङ्कङ्ग तामाङ्ग घेदुङ्ग संघसंग सहकार्य गरी अझै स्तरीय रूपमा सोनाम ल्होसार मनाउने बारे चर्चा गर्नु भएको थियो।उक्त कार्यक्रमलाई सम्पन्न गराउनका लागि आयोजक कमिटिमा दोर्जे लामा,जय साम्देन,शुक्र लामा,रोजन लामा,मनोज तामाङ्ग,मिन बहादुर लामा,पाशहरी शेर्पा,कृष्ण तामाङ्ग,रुप तामाङ्ग,लोहलाल तामाङ्ग,जयराम लामा,डिक लामा,सिंग लामा,राजिब लामाको सहयोग रहेको थियो।अब केहि समय पश्चात मकाउमा पनि तामाङ्ग घेदुङ्ग संघ खोल्ने बारे दोर्जे लामाले जानकारी दिनु भयो।१

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१