अमेरिकामा नेपाली महिला बैज्ञानिक महर्जन पुरस्कृत

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ फाल्गुन २०७२, सोमबार ११:५५
वाशिंगटन डिसी । काठमाडौँ जन्मेकी नेपाली अनुसन्धानकर्ता तथा नेपाली महिला बैज्ञानिक डा शुशिला महर्जन गत फेब्रुअरी १३ तारिख एक कार्यक्रमबीच ‘दि एल्सभियर फाउन्डेसन पुरस्कार द्वारा सम्मानित भएकी छिन् । विश्वका पाँच महिलाहरु मध्ये नेपालबाट मनोनयनमा परेकी डा. सुशिल महर्जनलाई वाशिंगटन डिसीमा बार्षिक सम्मेलनमा पुरस्कृत गरिएको हो ।
यो पुरस्कार सन् २०१२ बाट थालनी भएको हो भने प्रत्येक पुरस्कृत अनुसन्धानकर्ता बैज्ञानिक महिलालाई सम्मान स्वरुप पाँच हजार डलर प्रदान गरेको छ ।
 
एल्सभियर फाउन्डेसनका अनुसार पोषण ,मनो बैज्ञानिक ,जीव प्रबिधि ,मानसिक रोग चिकित्सा ,महिला स्वास्थ्य ,जीव वातावरण तथा सरुवा रोग सम्बन्धि अनुसन्धान गर्ने ५ महिलालाई सम्मान गरेको जनाएको छ ।
 
नेपाली महिला बैज्ञानिक डा शुशिला महर्जनले आफ्नो मन्तब्यमा आफुले गरेको अनुसन्धान तथा संघर्षका बारेमा जानकारी गराएकी थिइन् ।
 
उक्त कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष रामलाल श्रेष्ठले गरेका थिए । अध्यक्ष श्रेष्ठले सम्पूर्ण नेपाली समुदायको तर्फबाट महर्जनलाई शुभकामना दिएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१