ताइवानमा भूकम्पबाट पाँचको मृत्यु, भवनमा च्यापिएका ३० को उद्धार जारी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ माघ २०७२, शनिबार १६:१९

ताइवानमा गएको शक्तिशाली भूकम्पमा परी पाँच जनाको ज्यान गएको छ।

शनिबार बिहानीपख ताइवानमा नयाँ वर्षको समारोहको आयोजना गर्ने समयमा भूकम्पले दिएको धक्कामा परी कम्तीमा पनि पाँचको ज्यान गएको प्रहरीले जानकारी दिएको छ।
प्रहरी, सेना र ठूलो सङ्ख्याका उद्वारकर्ताले उद्वारकार्य जारी राखेका छन्।
शनिबार बिहान गएको ६.४ रिक्टर स्केलको सो भूकम्पका कारण मध्य ताइपेइको एक ठूलो भवन भत्किएको थियो। सोही भवनमा परी ती व्यक्तिको ज्यान गएको अधिकारीहरुले जनाएका छन्। मध्ये ताइपेइमा चारवटा आवासीय घर भत्किएका छन् । ती घरमा परी अरु पनि करिब ३० जना व्यक्ति अझैपनि च्यापिएर रहेको बताइएको छ।
उनीहरुको उद्वारको कार्य जारी रहेको छ । तर पनि भग्नावशेषबाट ती व्यक्तिलाई झिक्न सकिएको छैन। सो भकम्पका कारण भएको भागाभागमा परी दर्जनौँ व्यक्ति घाइते पनि भएका छन् । ती भागाभागमा परी केही व्यक्तिको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
शनिबार बिहानीपखको सो भूकम्पबाट भएको क्षतिको पूर्ण विवरण भने आउन सकिरहेको छैन। प्रारम्भिक रुपमा गरिएको अनुमानबाट ठूलो जनधनको क्षति भएको बताइएको भएपनि विस्तृत विवरण भने आउन सकिरहेको छैन । रासस/एएफपी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१