१२ वर्षीया किशोरीको कानमा १ हजार कमिलाको गुँड

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ माघ २०७२, बिहीबार १९:२६

कानभारतको गुजरात राज्यस्थित १२ वर्षीया एक किशोरीको जीवनमा अनौठो घट्ना भयो । र यो निकै डरलाग्दो पनि थियो ।

गुजरातको डिसास्थित स्कुले विद्यार्थी श्रेया दर्जीको कानमा जब १ हजारभन्दा बढी कमिलाले गुँड नै बनाएको कुरा डाक्टरले पत्ता लगाए यो घटनाले परिवारलाई दुःखी बनायो । जुन अरुलाई अनौठो भयो ।
त्यसो त, पहिले देखि नै हरेक दिन श्रेयाको कानभित्र कमिला सलवलाइरहने गरेका थिए । यस्तो भएपछि उनीहरुले डाक्टरकहाँ धाइरहे । डाक्टरका लागि पनि यो जटिल समस्या थियो ।
पछि यही कारण राम्रो पढाइ हुँदा हुँदै उनले स्कुल नै छोड्नुपयो ।
२०१५ को अगस्टदेखि नै श्रेयाले कानभित्र कमिला सलवलाउने समस्याले सताउन सुरु भएको थियो । र यस्तो समस्यालाई लिएर डाक्टर कहाँ गए पनि कैयौँ स्थानीय डाक्टरले यसको उपचार गर्न सकेनन् ।
विस्तारै उनको कानभित्रै हजारभन्दा बढी कमिलाले गुँड नै बनाएको पनि उपचारको क्रममा पत्ता लगाइयो । एक्स रे, सिटी स्क्यानपछि उनको कानभित्र कमिलाले गुँड बनाएको डाक्टरहरुको लामो प्रयासपछि थाहा भएको थियो । अन्तत, डाक्टरहरुले सयौं कमिलाहरु एनको कानभित्रबाट निकालेका छन् ।
बरिष्ठ डाक्टर डा. जवाहर ताल्सानिया, ५८ ले उपचारपछि भने, ‘एमआरआई, सिटी स्क्यान लगायत सहित हामीले सबै उपाय अपनायौं । र अहिले बच्चाको कानमा कुनै खालको समस्या छैन । र उनलाई अहिले कुनै किसिमको दुखाई छैन ।’

साथै, डाक्टरहरुले यस्तो घट्ना मेडिकल इतिहासमै अहिलेसम्म नदेखेको र दुर्लभ घट्नाको रुपमा बुझेका छन् । उपचारपछि पनि श्रेयाका परिवारका सदस्यहरु भने भविष्यमा कुनै दर्द हुनसक्ने समस्याप्रति चिन्तित बनेका छन् ।

तर, डाक्टरहरुले भने उनको कानभित्र कमिलाले अण्डा राखेको वा त्यस्तो समस्या हुने कुरामा विश्वास गर्दैनन् ।
श्रेयाको परिवार निकै सामान्य परिवारमध्ये एक हो । उनका बावु सन्जय दर्जी, ४०, टेलिभिजन मर्मतको सामो ब्यावसाय सन्चालन गर्दै आएका छन् । तर छोरीको भविष्यप्रति चिन्तित् छन् ।
साथै उनले छोरीको पढाइमा असर पुर्याउनेप्रति पनि चिन्ता ब्यक्त गरेका छन् ।
डाक्टरहरुले एक हजार भन्दा बढी कमिला श्रेयाको कानबाट निकाले पनि बावु भने अझै समस्या दोहोरिने हो की भन्ने कुरामा चिन्तित छन् ।
–डेलिमेल

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१