भारतमा १३ विद्यार्थीको समुद्रमा डुबेर मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ माघ २०७२, मंगलवार ११:५९
भारतका महाराष्ट्र राज्यस्थित मुम्बईको दक्षिण क्षेत्रमा अवस्थित पश्चिमी समुद्रीतटमा पौडी खेल्ने क्रममा १३ विद्यार्थीको डुबेर मृत्यु भएको यहाँको प्रहरीले सोमबार जनाएको छ।
उनीहरु पुनेको अबेदा इनामदार कलेजबाट वनभोजका लागि राइगढ जिल्लाको मुरदतटमा गएका थिए।
यस दुखान्त घटनामा परेका विद्यार्थी १९ देखि २३ वर्षबीचका रहेको सहायक प्रहरी निरीक्षक अरविन्द पटेलले बताउनुभयो। मृत्यु हुनेमा १० जना छात्रा र तीन जना छात्र भएको उनले बताए।
पुनेबाट मानविकी, विज्ञान र व्यवस्थापन सङ्कायमा अध्ययनरत् १५५ विद्यार्थी सोमबार वनभोज खानका लागि उक्त सामुद्रिकतटमा गएका र स्थानीय समयअनुसार करिब ३ः३० बजे पौडी खेल्न उक्त सामुद्रिक किनारमा गएका बुझिएको सहायक प्रहरी निरीक्षक पटिलले बताए।
स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा पौडी खेल्न गएका वेपत्ता विद्यार्थीहरुको खोजी गरिरहेको बताइएको छ। रासस/एएफपी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१