पूर्वराजाको खुट्टा भाँचिएकाे कारण देखाउदै ९ जहाज स्विट्जरल्याण्डमा आकस्मिक अवतरण, जहाजमा को थिए पत्तो छैन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ माघ २०७२, बुधबार २०:०९

कतारीकतारका पूर्व शासक शेख हमाद बीन खालिफा अल थानीले भाँचिएको खुट्टाको उपचार गर्न भन्दै स्विट्जरल्याण्डमा लगातार ९ वटा निजी जहाजहरु अाकस्मिक रूपमा अवतरण गरेका छन् ।

स्विट्जरल्याण्डको नागरिक उड्डयनका अधिकारीले जानकारी दिए अनुसार पूर्व शासक हमादले स्वास्थ्य जाँचको कारण देखाउँदै पूर्व तालिका विना नै आफ्ना जहाजहरु अवतरण गरेका हुन् ।
स्विट्जरल्यान्डको जुरिच क्लोटेन एयरपोर्टमा डिसेम्बर २५ देखि २६ सम्म रातभर तिनै जहाजका कारण ब्यस्त बनेको थियो ।

कम्तिमा १५ मिनेटको अन्तरमा हमादका जहाजहरु नियमित अवतरण गरिरहेको त्यहाँका अधिकारीहरुले बताए ।

ती जहाजहरुमा कतारका राजपरिवार सवार भएको हुनसक्ने भनिए पनि को र कति जना मानिस थिए भन्ने विषयमा भने कुनै जानकारी दिइएको छैन ।

बिदा मनाइरहेका ६३ वर्षीय पूर्व शासक हमादको अचानक खुट्टा भाँचिएका कारण स्विट्जरल्यान्ड जानुपरेको कतारी अधिकारीहरुले बताएका हुन् । यद्यपी, स्विस अधिकारीहरुले भने जहाजमा को र कति जना थिए भन्ने विषयमा जानकारी दिएका छैनन् ।

साथै, उपचारपछि उनको खुट्टाको अवस्था सुधारोन्मुख भएको बताइएको छ ।

राजपरिवारले कहाँ र कसरी खुट्टा भाँचियो भन्ने विषयमा जानकारी दिन मानेको छैन । पूर्व राजपरिवार मोरक्कोको एटलास पहाडस्थित एक रिसोर्टमा केही दिनयता बिदा मनाउने क्रममा थियो ।

स्विट्जरल्याण्डको स्थानीय ‘जुरिच्स ट्याग्स एन्जेइगर’ ले उल्लेख गरे अनुसार हमादको पहिलो एयरबस जुरिच एयरपोर्टमा २५ डिसेम्बरको मध्यरातमा अवतरण भएको थियो । त्यस्तै, दोस्रो जहाज २६ डिसेम्बरको बिहान ५ बजे अवतरण भएको थियो । त्यसको १५ मिनेटमै तेस्रो जहाज अवतरण भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१