एमाओवादी अध्यक्ष दाहाल र मधेसी मार्चाका नेताबीच छलफल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ कार्तिक २०७२, आईतवार ०४:२८

vbvकाठमाडौँ,२९  कात्तिक । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले तराई मधेसमा आन्दोलनरत मधेस केन्द्रित दलका नेतासँगको छलफललाई निरन्तरता दिएका छन् ।

उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहनुभएका अध्यक्ष दाहालले आज तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग तराई मधेसको समस्या समाधान गर्ने विषयमा छलफल गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ बसेको तीन दलको बैठकले मधेसवादी दलसँग सार्थक वार्ता गर्ने जिम्मा एमाओवादी अध्यक्ष दाहाललाई दिएको थियो ।

लामो समयदेखि आन्दोलन र असन्तुष्टि जारी रहँदा नागरिकको दैनिकी कष्टकर भएको र आपूर्तिलगायतका विषयमा विकराल अवस्था सिर्जना भएको भन्दै संवादमार्फत तत्काल समस्याको समाधान खोज्ने विषयमा छलफल केन्द्रित भएको बताइएको छ ।

आज सामान्य छलफल भएको र आइतबार थप छलफल गर्ने सहमति समेत अध्यक्ष दाहाल र अध्यक्ष ठाकुरबीच भएको जनाइएको छ । एमाओवादी अध्यक्ष दाहालका स्वकीय सचिव चूडामणि खड्काले आजको वार्ता सकारात्मक भएको सङ्क्षिप्त प्रतिक्रिया दिए ।

“आजको छलफल गम्भीर र सकारात्मक दिशामा केन्द्रित रहेको छ, आइतबार पुनः छलफल गरेर वार्तालाई निर्णायक तहमा पु¥याउने समझदारी भएको छ”– अध्यक्ष दाहालका स्वकीय सचिव खड्काले भने ।

आजको छलफलमा सरकारले गठन गरेको वार्ता टोलीका संयोजक एवम् उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री कमल थापाको पनि उपस्थिति रहेको थियो ।

एमाओवादी अध्यक्ष दाहालले दुईरचार दिनभित्रैमा तराई मधेस केन्द्रित दलका नेतासँग सार्थक संवाद हुने र समस्याको निरोपण हुने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१