गर्भ बोकेर विद्यालय आउँछन् जाजरकोटका बालिका

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ कार्तिक २०७२, मंगलवार १०:३९

जाजरकोट। यहाँका विद्यालय उमेरका बालबालिका पढ्ने समयमा विवाह गर्दा पढाइ अगाडि बढाउन नपाएको गुनासो उनीहरुले गरेका छन् ।बालविवाह हुँदा छ प्रतिशतभन्दा बढी बालबालिकाले पढाइ छाड्न बाध्य भएको जिल्ला शिक्षा कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

 

 

JUBA, SOUTH SUDAN, FEBRUARY 2013: A preganant student at Juba Day Secondary School, Juba, South Sudan, February 3, 2013. Girls who fall pregnant while at school in South Sudan are forced to leave school, but a local teachers union voted to allow pregnant girls and recently mothers to attend school in the afternoon and evening session so as to catch up on their education. Early marriage is common South Sudan and girls as young as 14 are often forced into marriages they have no say over, and fall pregant before their bodies are ready to handle the baby. (Photo by Brent Stirton/Reportage for Human Rights Watch.)
जिल्लाको भुर–७ भुरचौरकी गीता परियार १४ वर्ष पनि पुगेकी छैनन् तर उनी गर्भवती छिन् । ९ कक्षामा पढ्ने गीता केही महिनामै आमा बन्दै छिन् । ८ कक्षामा पढ्दापढ्दै १३ वर्षकै उमेरमा बिहे गरेकी गीताले विद्यालय जान छोडिसकेकी छिन् । “बिहे भएपछि पनि पढौँला भन्ने लागेको थियो तर अहिले घरको कामधन्दाले पढ्नै पाइएन, बिहेका कारण पढ्न नपाएको गीताले गुनासो पोखिन् 

 

एउटै कक्षामा पढ्ने गणेश परियारसँग प्रेमविवाह गरेकी गीताले प्रेम र विवाहले गर्दा पढाइ छोड्नुपरेको बताइन् । “पहिले पढाइभन्दा ठूलो माया र बिहे लाग्यो, अहिले पढ्न मन लागे पनि पढ्न सकिएन” – गीताको पछुतो छ । ७ कक्षादेखि नै प्रेममा फसेकी गीता ८ कक्षामै बिहे गर्न पुगेपछि पढाइ छोड्न बाध्य भएकी हुन् ।

गीता जस्तै भुर–८ आलीकी पार्वती बुढाले पनि दुई वर्षअघि ९ कक्षामा पढ्दापढ्दै विवाह गरिन् । अहिले एक वर्षको बच्चाकी आमा बनिसकेकी पार्वतीले पनि बिहेपछि पढाइ छोडिसकेकी छिन् । सँगै पढ्ने डिलबहादुर बुढासँग बिहे गरेकी पार्वती घरको कामधन्दा र छोराको स्याहारसुसारका कारण पढाइ छोड्न बाध्य छन् । “पढ्ने बेलामा माया र विवाह नै सबैथोक देखियो अहिले न पढ्न सकिन्छ, न यो दुःखबाट टाढिन सकिन्छ” – पार्वतीले भनिन् ।

गीता र पार्वतीको जस्तै अवस्था भुरचौरकी सरिता रानाको पनि छ । दुई वर्षअघि १४ वर्षकै उमेरमा १० कक्षामा पढ्दापढ्दै बिहे गरेकी सरिता पनि पढ्ने लेख्ने उमेरमा घरधन्दाले हैरान छिन् ।

एकातिर सानो काखे नानीको स्याहारको चिन्ता अर्कोतिर घरधन्दाको कामले उनलाई पढ्ने लेख्ने र अरू कुराको कुनै वास्ता गर्ने फुर्सद नै छैन । “अहिले आएको बुद्धि पहिले आएन अब के गर्नु, यही घरधन्दामा रमाएर घरबार चलाउने हो सरिताले भनिन् ।”

यी सबै जिल्लाको बालविवाहसम्बन्धी घटनाका प्रतिनिधिपात्र मात्र हुन् । गरिबी, अशिक्षा र परम्परागत मूल्य मान्यताका कारण सानैमा बिहे गर्ने चलन अत्यधिक भएपछि धेरै बालबालिका विद्यालयबाट पढाइ छोड्न बाध्य छन् । राष्ट्रिय जनगणनाअनुसार जिल्लामा १० वर्षमुनि विवाह गर्ने बालकको सङ्ख्या ३४ तथा बालिकाको सङ्ख्या १३१ रहेको छ ।

यसैगरी १० देखि १४ वर्षको उमेरसम्ममा बिहे गर्ने बालकको सङ्ख्या ९८३ र बालिकाको सङ्ख्या चार हजार ६८५ रहेको छ भने १४ वर्षदेखि १९ वर्षको उमेरसम्म बिहे गर्ने बालकको सङ्ख्या १७ हजार ४७१ र बालिकाको सङ्ख्या २६ हजार ५५८ रहेको छ ।

तथ्याङ्कअनुसार कुल बालबालिकाको सङ्ख्यामध्ये ६५ प्रतिशत बालबालिकाले सानै उमेरमा विवाह गर्ने गरेका छन् । जसमा ३७ दशमलव १३ प्रतिशत बालक र ६२ दशमलव ८७ प्रतिशत बालिकाले सानै उमेरमा विवाह गर्ने गरेका छन् ।

त्यस्तै जिल्लामा बालविवाह र अन्य कारणले विद्यालयको पढाइ छोड्ने दर छ प्रतिशत रहेको जिल्ला शिक्षा कार्यालयको तथ्याङ्क छ । बालविवाहको दर सदरमुकाम, विभिन्न बजार र गाउँमा पनि अत्यधिक मात्रामा हुने गरेको देखिन्छ ।

अभिभावकले नै बालबालिकालाई बालविवाह गर्नका लागि उक्साउने गरेको बालबालिकाले बताएका छन् । बालविवाह गर्नु हुन्न भन्नुको साटो आफँै छिटो छोराछोरीको बिहे गरिदिए नाति नतिनाको मुख देख्न पाइन्छ भन्ने गलत मान्यताका कारण बालविवाह गर्नेको सङ्ख्या बढेको सरोकारवाला बताउँछन् । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१