नाकाबन्दीले नेपालीलाई समस्या : महामन्त्री सिटौला

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ कार्तिक २०७२, मंगलवार १०:३६

krishanapd sitaula

मोरङ । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले भारतले गरेको अघोषित नाकाबन्दीले नेपालीहरु समस्यामा परेकाले सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ । सोमबार बेलुका विराटनगरमा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा महामन्त्री सिटौलाले नेपाली जनतालाई दुःख दिने गरी भारतले अघोषित नाकाबन्दी गरेको बताउँदै तत्काल नाकाबन्दी खुलाउन माग गर्नुभयो ।
यस्तो अवस्थामा भारत र नेपाल सरकार दुवै गम्भीर बनी समाधान निकाल्नुपर्ने उहाँको भनाइ छ । अहिले नेपाल–भारत सीमा क्षेत्रमा बसेर आन्दोलन गरिरहेका मधेसवादी दलका नेताहरुलाई नेता सिटौलाले सीमामा बसेर समस्याको समाधान हुनै नसक्ने सुझाव दिनुभयो । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१