अन्तिम समयमा किन स्थगित भयो सरकार र मधेसी मोर्चाबीचको वार्ता ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ कार्तिक २०७२, सोमबार १४:५३

aaaaकाठमाडौँ,२३ कात्तिक । सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आज हुने भनिएको वार्ता अन्तिम समयमा आएर स्थगन भएको छ ।

मोर्चाले आइतबार सप्तरीको भारदह र रुपनीमा पूर्वपश्चिम राजमार्ग खुलाउने क्रममा आफ्ना नेता तथा कार्यकर्ता पक्राउ परेको बताउँदै वार्तामा बस्न अप्ठ्यारो परेको जनाएको छ ।

सामान्य प्रशासनमन्त्री रेखा शर्माले आज सरकार र मोर्चाबीच अपराह्न १ बजे वार्ता हुने तय भए पनि अन्तिम समयमा आएर स्थगन भएको बताइन् । उनले सरकार सार्थक वार्ताको वातावरणमा लागिपरेको र समस्या समाधान गर्न प्रतिबद्ध रहेको भन्दै कुनै पनि बहानामा मोर्चा भाग्न नहुने बताए ।

मोर्चा सम्बद्ध सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले पक्राउ परेका नेता तथा कार्यकर्ता नछाडिएका कारण आज वार्तामा सहभागी हुन नसक्ने जानकारीसरकारलाई गराइएको बताए । ‘‘हामी पनि समस्या समाधान होओस् भन्ने पक्षमा छाँै तर सरकारले नै हाम्रा नेता तथा कायकर्ता थुनेर राखेको छ, उनीहरु रिहाइ हुनुपर्छ, अनि हामी वार्तामा बस्छौँ”, कर्णले भने।

आइतबार साँझ प्रमुख तीन दलबीच भएको वार्तामा वार्ता र संवाद मार्फत समस्याको समाधान गर्न प्रतिबद्ध भएर लाग्ने सहमति भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१