बिहारका मुख्यमन्त्री नितिशकुमारलाई फोन गरेर बाबुराम भट्टराईले गरे नेपालको समस्या समाधान गर्न आग्रह

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ कार्तिक २०७२, सोमबार ११:४३

babuकाठमाडौं,२३  कार्तिक  । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र भारतको बिहारका मुख्यमन्त्री नितिशकुमार बिच टेलिफोन वार्ता भएको छ ।

गएराती बाबुरामले टेलिफोन गरेर आइतबारको निर्वाचनमा बहुमत सहित बिजयी हुन सफल भएकोमा नितिश गठबन्धनलाइृ बधाई तथा शुभकामना दिएका छन् ।

भट्टराईको नीजि सचिवालयले जनाए अनुसार उनले नेपाल–भारत सीमामा भारतीय पक्षका कारण सिर्जित समस्या समाधानका लागि पहल गर्न पनि आग्रह गरेका छन् ।

जवाफमा नितिशकुमारले यतिञ्जेल आफू निर्वाचनमा केन्द्रित हुँदा नेपाल–भारत सीमानामा देखिएको समस्याप्रति ध्यान दिन नपाएको भन्दै अब सीमामा देखिएको समस्या समाधानका लागि पहल गर्ने बताएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१