ओलीले भने– मधेशविरोधी होइन, चुनौती दिए भने मधेसबाट चुनाव लड्न तयार छु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ कार्तिक २०७२, आईतवार ०६:३२

ओलीकाठमाडौं, २२ कात्तिक  । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मधेसविरोधी भनेर हल्ला फैलाइएकोमा तीब्र असन्तुष्टि व्यक्त गरेका छन् ।
मधेसको बिरोधी भनेर अफवाह फैलाइएको भन्दै ओलीले कसैले चुनौती दिए मधेसको जुनसुकै क्षेत्रबाट समेत चुनाव लड्न तयार रहेको बताए । “म मधेसविरोधी पनि होइन, भारतसँग पनि मेरो दुश्मनी छैन ।” उनले भने । ओलीले आफू ५४ वर्ष मधेसमै हुर्किएको र मधेसका जनताको पीडा राम्रोसँग बुझेको बताए । उनले भने, ‘म मधेसको मित्र हुँ, साथी हुँ, मधेसविरोधी भावना छैन ।’

प्रधानमन्त्रीले मधेसका विद्यार्थीको पढाइ रोकेर, उद्योग कलकारखाना महिनौं ठप्प पारेर, स्वदेशमा आउने इन्धन रोकेर गर्ने आन्दोलन राजनीतिक नभएको दावी गरे । “ मधेशका जायज मा सम्बोधन र्न हामी तयार छौं । इमादार भएर आपन अनुरोध गर्दछु ।” मोर्चाका साथीहरु उनले भने ।

हिमशिखर टेलिभिजनको कर्पोरेट कार्यालयको उद्घाटनका अवसरमा बोल्दै ओलीले भारतको नाकाबन्दीबाट जनताले भोग्नुपरेको अकल्पनीय पीडाले आहत र चिन्तित बनाएको बताए ।

आफूले कुनै देशसँग दुश्मनी लिन नखोजेको भन्दै ओलीले भने, ‘कसैले चित्त नदुखाउनु राम्रो हुन्छ, अबका केही दिनमै उत्तरका सबै नाका खुल्दैछन् ।’ ओलीले विद्यमान संकट टानृ सबै किसिमका विकल्पहरुको बारेमा गृहकार्य भइरहेको बताउँदै केही दिनमा परिणाम देखिने समेत दावी गरे ।

सरकारको आयुबारे अनावश्यक टिकाटिप्ी गरिएको भन्दै ओलीले आफूलाई सत्ताको मोह नभएको बताए । “मलाई पाँ वर्ष पनि चाहिन्न, जति दिन बस्छु देश र जनताका लागि काम गर्ने मेरो अठोट हो ”। उनले भने । निकै भावुक र आक्रोशित मुद्रामा प्रस्तुत भएका ओलीले सम्बोधनका क्रममा सरकारका केही योजनाहरुको बारेमा समेत चर्चा गरे । हामीले काठमाडौंको यातायात सहज बनाउन विद्युतीय सवारीको अवधारणा ल्याउन खोजेका छौं । उनले भने । ‘भरपर्दो अध्ययन गरेर बिजुलीबाट चल्ने कार, मेट्रो, ट्रली बस चलाइनेछ, बनेपादेखि थानकोट र बुढानिलकण्ठदेखि दक्षिणकालीसम्म मेट्रो चलाइनेछ,’ उनले भने, ‘भित्रका बाटाहरुमा व्याट्रीबाट चल्ने र सोलारबाट चल्ने सवारी चलाइनेछ, ग्यासका चुलाबाट बिजुलीका चुलातर्फ लाग्नुपर्छ ।’ ओलीले बताए ।

यसअघि नै भोषणा गरिएको एकवर्षभित्र लोडसेडिङ अन्त्य गर्ने कुरालाई फेरी दोहोर्याउँदै ओलीले भने । ‘साथीहरु एक वर्षभित्र लोडसेडिङ कसरी अन्त्य हुन्छ, गाह्रो छ भन्छन्, त्यही गाह्रो भएकैले सम्भव छ,’ उनले घोषणा गरे, ‘अर्को वर्षको तिहारमा लोडसेडिङ हुनेछैन ।’
प्रधानमन्त्रीले असहज अवस्था अन्त्यका लागि केही विकल्पबारे चर्चा गरे । उनले पूर्वपश्चिम राजमार्ग चौडा बनाएर ६ लेनको बनाउने, सिन्धुली–चतरा राजमार्ग बनाउने, फिल्म सिटी, आईटी सिटी, मोडर्न सिटी बनाउनेलगायतको योजना सुनाए ।

भूकम्पपीडितले विचल्ली अवस्थामा बाँच्नुपरेकोमा चिन्ता व्यक्त गर्दै ओलीले सरकार निकै कठिन अवस्थामा रहेको भएपनि पीडिटका लागि केही गर्न खोजेको बताए । ‘म यस्तो बेलामा प्रधानमन्त्री भएँ, ८ लाखको घर भत्किएको छ, नयाँ घर बनाएर न सरकारले दिन सक्छ, न आफूले बनाउने अवस्था छ, तर अहिलेको जाडोबाट जोगाउन सामूहिक बसोबासको व्यवस्था मिलाइनेछ ।’

भारतसँको नाकाबन्दी प्रधानमन्त्री भएपछि खुल्ने आशा राखेको भएपनि के कारणले खुलेन आफूले बुझ्न नसकेको समेत ओलीले दोहोर्याए ।’ everestdainik बाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१