उपप्रधानमन्त्री चित्र बहादुर केसीको अभिव्यक्तिप्रति भारतीय दूतावासको आपत्ती

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ कार्तिक २०७२, शनिबार २०:२७

inकाठमाडौं । उप प्रधानमन्त्री चित्र बहादुर केसीको अभिव्यक्ति प्रति काठमाडौंस्थित भारतीय राजदूतावासले आपत्ती जनाएको छ ।

भारतीय राजदूतावासका तर्फबाट एक विज्ञप्ती जारी गर्दै हिमालय टेलिभिजनमा उपप्रधानमन्त्री तथा गरिबी निवारण मन्त्री चित्र बहादुर केसीले दिएको अन्तर्वार्ताका केही बुँदामा आपत्ती रहेको बताएको छ । दूतावासले भनेको छ– “केसीले व्यक्त गरेका विचार पूर्णरुपमा आधारहीन, उत्तेजना फैलाउने तथा भारत नेपालबीचको पुरानो ऐतिहासिक, पारस्परिक र सभ्यतापूर्ण सम्बन्धमा खलल पार्ने उद्देश्यबाट प्रेरित छन् । हामी नेपाल सरकारलाई यसप्रकारका टिप्पणीबाट टाढा रहन अपेक्षा राख्दछौं ।”

दूतावासले भनेको छ, “भारतले नेपाली जनताका लागि शान्ति, स्थिरता र समृद्धि चाहन्छ । हामीले नेपाललाई शान्त, समृद्ध र स्थिरता प्राप्त गर्ने नेपाली जनता र सरकारको प्रयासमा हामीले निरन्तर सहयोग गर्दै आएका छौं र भविष्यमा पनि यो जारी रहनेछ ।” विज्ञप्तीमा उल्लेख छ ।

मन्त्री केसीले हिमालयन टेलिभिजनलाई अन्तर्वार्ता दिँदै भारतले नेपालमा हस्तक्षेप गर्दै आएकोले त्यसविद्ध आम नेपाली उठ्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१