भारतले झुकाउनै खोजे अन्तिम अवस्थासम्म लड्न तयार : प्रचण्ड

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ कार्तिक २०७२, शनिबार १४:४५

prachandबुटवल,२१ कात्तिक । एमाओवादी अध्यक्ष प्रचण्डले भारतले बिना कारण नेपाललाई दुख दिइरहेको बताएका छन् ।

पार्टी प्रशिक्षणका क्रममा बुटवल आइपुगेका पार्टी अध्यक्ष प्रचण्डले पत्रकारहरुसँग कुरा गर्दै नेपालीहरुले आफ्नो आत्मनिर्णयको अधिकार प्रयोग गर्दा समेत भारतले बिना कारण नेपालमाथि नाकाबन्दी गरेको बताए ।

“हामीले सार्वभौम देशका नागरिकका हैसियतले आफ्नो संविधान बनायौं । संविधानमा केही कुरा नपुगेपनि यसले समाजका सबै तह र तप्काका अधिकार स्थापित गर्न खोजेको छ । गणतन्त्र, धर्म निरपेक्षतालगायतका कैयन् उपलब्धिहरु संस्थागत भएका छन् ।” प्रचण्डले भने । “तर भारतले हामीले प्रयोग गरेको आत्मनिर्णयको सजाय दिने अधिकार कहाँबाट पायो रु” प्रचण्डले प्रश्न गरे ।

नेपाल भारतबीचको मैत्रधीपूर्ण सम्बन्धलाई भारतले नै धरापमा पार्न खोजेको इंिगित गर्दै प्रचण्डले दुई देशबीचको सम्बन्धलाई सहमति र समझदारीबाटै टुंग्याउन अहिलेसम्म कुनै कसर बाँकी नराखेको बताए । ‘हामी अझैपनि नेपालभारतबीचको समस्या सहमतिबाटै टुंग्याउन चाहान्छौं ।’ उनले भने, ‘तर भारतले झुकाउन खोजे अन्तिम अवस्थासम्म लड्न र सामना गर्न तयार छौं र रहनुपर्छ।’

संविधानमा मधेसी जनताले सबैभन्दा बढी अधिकार पाएको बताउँदै प्रचण्डल नेपालले आफूलाई नसोधी संविधान बनाए वापत दुस्ख पाउनु पर्छ र सजाय भोग्नुपर्छ भन्ने भारतको व्यवहार ठीक नभएको बताए । “हामील्े बनाएको संविधानमा भारतको आपत्ती गलत छ । भारतले झुकाउन खोजेपनि हामी झुक्दैनौं ।’

एउटा छिमेकीले अर्को छिमेकीको सुखदुखमा साथ दिन्छ भन्दै प्रचण्डले भारतले भने सहयोगका साटो दुख मात्रै दिइरहेको बताए । यसरी दुख मात्रै दिने हो भने आम नेपालीहरु भारतविरुद्ध उत्रनुपर्ने बाध्यता आउने उनको भनाई थियो ।

प्रचण्डले नेपाल भारत सम्बन्धलाई पुर्नभाषित गर्नुपर्ने अवस्था आएकोमा समेत जोड दिए ।

संविधान जारीको ऐतिहासिक सफलतापछि मधेस आन्दोलन र भारतीय नाकाबन्दीका कारण देश फेरि ऐतिहासिक चुनौतिपूर्ण अवस्थाबाट अघि बढेको तर्फ संकेत गर्दै प्रचण्डले मधेसका समस्यालाई वार्ताका माध्यमबाट हल गर्ने अधिकतम कोशिस गरेको र नेपाली कांग्रेसले पनि यसमा सहयोग गर्नुपर्ने बताए ।everestdainik बाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१