उपराष्ट्रपतिलाई बाले फोन गरेर भने, ‘मलाई भेट्न गाउँमै आउनू’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ कार्तिक २०७२, शनिबार ०९:०८

pk/fi6«kltsf] kbdf ;/sf/df ;xefuL ;DjGwbnx?sf] ;fd'xLs ?kdf PsLs[t g]skf-dfcf]jfbL_sf tkm{af6 pDd]bjf/ gGbaxfb'/ k'g . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौं, २१ कात्तिक  । उपराष्ट्रपति नन्द बहादुर पुनका बाबु रामसुरले रोल्पास्थित गाउँबाटै काठमाडौंमा रहेका छोरालाई फोन गरेर उनको पदीय हैसियत र भुमिकाबारे चासो राखे । आजको कान्तिपुर दैनिकमा खबर छ ।

नयाँ राज्य व्यवस्था ल्याउने भन्दै हिँडेको छोरा उपराष्ट्रपति बनेपछि रामसुरलाई चासो लाग्नु पनि स्वभाविक थियो । उनले फोनमै भनेका थिए, ‘त्यो पदमा बसेर के काम गर्न पाउँछ’

यस्तै अरु धेरै चासो राख्दै रामसुरले छोरा नन्द बहादुरलाई गाउँबाटै फोन गरेका हुन् ।

उपराष्ट्रपति बनेपछि फोन गर्दै नन्द बहादुरका पिताले उनलाई गाउँमा भेट्न बोलाएका छन् ।

सामान्यतयः राष्ट्रको उच्च ओहदामा पुगेको मानिसलाई भेट्न आउनेको ताँती हुन्छ तर, उपराष्ट्रपतिका ८२ वर्षीय पिताले भने आफूलाई गाउँमै भेट्न आउन छोरालाई आग्रह गरे ।

यस्तै रामसुरले छोरालाई गाउँमा बोलाएर राजनीतिक अवस्थाबारे पनि जानकारी गराउन आग्रह गरेका थिए ।

एमाओवादी केन्द्रीय सदस्य दीपेन्द्र पुनले उनकै मोबाइलबाट सम्पर्क गराइदिएपछि रामसुरले भने, ‘नयाँ राज्य व्यवस्था ल्याउँछु भनेर घर छाडेको होस्, उपराष्ट्रपति भयो भन्ने सुनेको छु । कुरा के हो रु मलाई भेट्न घरमा जसरी पनि आउनू ।’

तत्कालीन माओवादीको पूर्णकालीन ‘छापामार’ बनेर वर्षौअघि घर छाडेर राजनीतिमा होमिएका नन्दबहादुरका बुबालाई अझै जिज्ञासा छ– के छोराले ठूलै पद पाएको हो रु छोरो उपराष्ट्रपति बनेपछि गाउँले घरैमा आएर रामसुरलाई बधाई दिइरहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१