अमेरिका उड्नुअघि कोइरालाको प्रस्ताव, ‘मधेसीको माग सम्बोधन गर्न संविधान संशोधन’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ कार्तिक २०७२, शनिबार ०६:३७

koiकाठमाडौँ । नेपाली कांग्रेसका सभापति सुशील कोइराला आज स्वास्थ्य परीक्षणका लागि अमेरिका प्रस्थान गर्नुभएको छ ।

प्रत्येक चार चार महिनामा नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने भए पनि मुलुकको राजनीतिक अवस्था र संविधान जारी गर्नुपर्ने चटारोका कारण १३ महिनापछि मात्र कतार एयरवेजको विमानबाट उन त्यसतर्फ गएका हुन् ।
अमेरिका प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री कोइरालाले संविधान जारी भएपछि उत्पन्न परिस्थितिलाई वार्ता र संवादबाट समाधान दिनुपर्ने बताए । उनले भने , “तराई मधेस आन्दोलनले देश आक्रान्त भएको छ, यसलाई समाधान गर्न सरकार गम्भीर हुनुपर्छ ।”

नेता कोइरालाले मधेसी राजनीतिक दलले राखेका सकारात्मक मागलाई संविधान संशोधन गरेर अगाडि बढ्न सकिने भन्दै यसका लागि काँग्रेसको सहयोग रहने स्पष्ट पारे ।

उनले भने –“भूकम्पबारे भएको क्षतिका बारेमा बनेको प्राधिकरणको काम अगाडि बढ्न सकेको छैन, यसलाई चाँडो अगाडि बढाउन आवश्यक छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१