भारतप्रति प्रधानमन्त्री ओलीको आक्रोशः ‘असली छिमिकी’ले काँचो टमाटर पिसेर खाउ भनेर पठाईरहेको छ, ग्याँस, तेल पठाउँदैन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० कार्तिक २०७२, शुक्रबार १६:०७

FullSizeRender-1काठमाडौं  । प्रधानमन्त्री खड्ग प्रसाद ओलीले नाकाबन्दी गरेर असल छिमिकीको नाता तोडेको औंल्याउँदै नेपाली जनताले देखाएको देशभक्तिपूर्ण भावलाई सम्मान गरेका छन् । नेपाली जनताले आफ्नो राष्ट्रियता र स्वभिमानलाई उच्च राखेको औंल्याउँदै प्रधानमन्त्री ओलीले नेपाली जनतालाई धन्यवाद दिए ।
नेपाल पत्रकार महासंघको केन्द्रीय पदाधिकारी सहितको टोलीसँगको भेटमा ओलीले त्यस्तो नेपाली स्वाभिमानका लागि मुलुकमा छिट्टै विकल्प खोजिने तयारी गरिरहेको उनले बताए । राष्ट्रियताप्रति बढि केन्द्रित हुँदै प्रधानमन्त्री ओलीले भने– ‘नेपाली जनतोका जीवन शैली नयाँ हुन्छ । हामीले नयाँ विकल्प खोज्दै छौं । त्यसमा तपाईं ९पत्रकार०हरुको सहयोग चाहियो ।’
सामान्य दुई पक्षबीच लडाईं हुँदा समेत विरोधी घाइते भए उसलाई खाना खान र बस्न दिने व्यवस्था हुने सन्र्दभ औंल्याउँदै प्रधानमन्त्री ओलीले भने– ‘भुकम्पबाट त्रिपाल मुनी बसेको असल छिमिकीलाई अर्को छिमिकीले पुर्ननिर्माण गर्न पनि दिएन, चुल्हो बाल्न समेत दिएन । के यस्तै हो असल छिमिकीको व्यवहार रु’
भारतप्रति आक्रोशित देखिएका प्रधामन्त्री ओलीले यो नाकाबन्दी आफ्नो सरकार गठन हुनु अघि नै देखि शुरु भएको बताए । ‘मैले सरकार नेतृत्व गरेदेखि नकाबन्दी भएको भन्ने जस्तो अहिले बाहिर हल्ला आएको छ । तर, यो समस्या पहिलेदेखि नै शुरु भएको थियो’, ओलीले महासंघसँग भने– ‘म १८ घन्टा काम गरेर देखाउँछु । तपाईंहरुले साथ दिनु पर्यो ।’
एक वर्षभित्र लोड्सेडिङ्ग हटाउने उनले बताए ।

‘असाधारण परिस्थिति हो अहिले । यो असाधारण परिस्थितिमा असाधारण निर्णय हुन्छ । यसले नेपाली जनताको जीवन शैलीमा फेरबदल गर्छ’, उनले भने– ‘हामी ग्याँस भन्दा विद्युत उपयोग गर्नतिर बढि लाग्नुपर्छ । अब हाम्रो सवारी साधान भनेका सोलार, विद्युतबाट चल्ने हुन्छन । ट्रली बस फेरी सञ्चालनमा लिन्छौं ।’
भारतमा उत्पादन भएका दैनिक उपभोग्य सामान नेपाल पठाएर ग्याँस र पेट्रोलियम पदार्थ मात्र नपठाएको प्रधानमन्त्री ओलीले बताए । ‘असली छिमिकीले टमाटर, माछा, आलु, प्याज पठाएको छ । नेपालभित्र उत्पादन भएका दैनिक उपभोग्य सामानहरु दुवानी हुन सकेका छैनन् । जनकपुरका पोखरीबाट माछा झिक्न सकिन्न । किन भने दुवानी हुँदैन । टमाटर पठाउँछ । चुल्हो बाल्ने ग्याँस पठाइँदैन । टमाटर काँचै पिस्दै खाँदै गर भन्ने नीतिमा रह्यो असल छिमिकी’, प्रधानमन्त्री ओलीले भने ।
नेपालको प्रान्तीय सीमा कहाँ हुने, संविधानको धारा के हुने त्यो आफूहरुले निर्धारण गरेको ओलीले बताए । ‘अर्काको खेतमा के रोप्छ । अर्कोको भान्सामा के पाक्छ भनेर छिमिकीलाई के को रिस रु’, नयाँ संविधान जारी भएको सन्दर्भप्रति लक्षित गर्दै ओलीले महासंघको टोलीसँग भने– ‘हामीलाई नकाबन्दी गर्नेहरुले सोँचे हुन्छ । उनीहरुको संविधानबाट हाम्रो धेरै उत्कृष्ट छ । हामीले धारा धारामा मतदान गरेर पारित गरेका छौं । हामी उनीहरुसँग बहस गर्न तयार छौं ।’
तराई÷मधेस एउटा भूगोल भएको औंल्याउँदै ओलीले त्यहाँको समस्या हेरर आयोग, आरक्षणको व्यवस्था गरिएको उनले बताए । तराईमा शिक्षाको सन्दर्भ उल्लेख गर्दै ओलीले भने– ‘अन्नपूर्ण बेसक्याम्पदेखि पहाडी जिल्ला मानिने कास्की शैक्षिक क्षेत्रमा माथि छ । सिराह, सप्तरी किन पछाडी छ रु के त्यहाँ विद्यालय नभएर हो रु यातायात नभएर हो रु होइन अवस्य केही समस्या भएकाले त्यहाँ विशेष व्यवस्था गरिएको हो ।’
महासंघका अध्यक्ष डा। महेन्द्र विष्टको नेतृत्वमा गएको टोलीले ओलीलाई बधाईं दिनुका साथै जनजीवन र मिडिया अस्तव्यस्त बन्दै गएको प्रति ध्यानाकर्षण गराएको थियो ।

जवाफमा ओलीले नाकाबन्दी लगाएकोमा दुःख व्यक्त गर्दै भने– ‘भूकम्पबाट भर्खरै सास्ती बेहोरेको नेपालले त्यसमाथि नाकाबन्दी लगाएर अर्को पींडा दिने काम भयो । हिउँद लागि सक्यो । जनता त्रिपाल मुनी छन् । पुर्ननिर्माणका लागि एक डोको सामान बोकेर हुने भए पुर्याउँथे । हुने कुरा भएन । एउटा सिलिण्डर ग्याँस बोकेर पुर्याएर हुने भए पुर्याउँथे । त्यसले पनि भएन । अहिलेको असहज अवस्थालाई बुझेर तपाईंहरुले सहयोग गरिदिनु पर्यो ।’everestdainik.com बाट..

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१