एमालेसँगको विमतिले प्रतिस्पर्धा : कांग्रेस

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० कार्तिक २०७२, शुक्रबार १४:१५

timthumbकाठमाडौं, २० कात्तिक ।   कांग्रेसले एमालेसँगको विमतिका कारण प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपतिमा प्रतिस्पर्धा गरेको निष्कर्ष निकालेको छ । तराई मधेसलाई हेर्ने दृष्टिकोण र भूकम्पपछिको पुनर्निर्माणमा एमालेसँग विमति रहेको भन्दै राज्यका प्रमुख पदमा उम्मेदवारी दिनुपरेको कांग्रेसले निष्कर्ष निकालेको हो । पाँच दिनसम्म चलेको केन्द्रीय कार्यसमिति बैठकमा अधिकांश सदस्यहरूले प्रधानमन्त्रीमा उम्मेदवारी दिँदा अरू महत्त्वपूर्ण पद पनि गुमाउनुपरेको भन्दै सभापति सुशील कोइरालाको तीव्र आलोचना गरेका थिए । तर, संविधान निर्माण क्रममा सहकार्य गर्दै आए पनि तराई मधेसलाई हेर्ने दृष्टिकोण र पुनर्निर्माण प्राधिकरणलगायत अन्य महत्त्वपूर्ण विषयमा एमालेसँग विमति रहँदै आएकोले प्रधानमन्त्री, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा गरेको कांग्रेसले जनाएको छ । अब कुनै पनि अफवाहबाट प्रभावित नभई उच्च मनोबलका साथ अघि बढ्न कार्यकर्तालाई आह्वानसमेत गरिएको छ । नयाँ पत्रिका

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१