मधेशको असन्तुष्टि नेपालको आन्तरिक मामिला: अमेरिका

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ कार्तिक २०७२, मंगलवार १२:२०

काठमाडौँ । वीरगञ्ज घटनामा एक भारतीयको ज्यान जाने गरी भएको घटनापछि तराईं–मधेशमा जारी आन्दोलनबारे अमेरिकाले आफ्नो धारणा सार्वजनिक गरेको छ ।अमेरिकाले संविधान नेपालको आन्तरिक मामला भन्दै अमेरिकाको यसमा चासो नरहेको जनाएको छ ।american flag अमेरिकी विदेश मन्त्रालयको प्रेस अफिसका निर्देशक एलिजाबेथ ट्रुडेउले नेपालको विषयमा उठेको प्रश्नको जवाफ दिने क्रममा सो धारणा राखेकी हुन् ।नियमित पत्रकार सम्मेलनमा ‘नेपालमा जारी हिंसाको रिपोर्ट हेर्नुभएको छ कि छैन ?’ भन्ने पत्रकारको प्रश्नमा एलिजावेथले नेपालमा जारी हिँसाको रिपोर्ट आफूले हेरेको जवाफ दिएकी छिन् । संविधानका लागि संभव भएसम्म फराकिलो समर्थन निर्माण गर्न नेपाली नेताहरुलाई उनले सुझाइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१