वीरगञ्ज तनावग्रस्त ,एक प्रदर्शनकारीको मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ कार्तिक २०७२, सोमबार १४:१३

पर्सा ।  पर्साको वीरगञ्जमा प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ । शंकराचार्य गेट नजिक प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो ।मधेशी मोर्चाका नेता कार्यकर्ताहरु बिहान ११ बजे देखि फेरि मितेरी पुलमा धर्ना दिएर ठप्प पारेका हुन् । मोर्चाका नेता कार्यकर्ताहरु धर्नामा फेरि बसेपछि अहिले मितेरी पुलको अवस्था तनावग्रस्त बनेको छ ।

शंकराचार्य गेट नजिक प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको पत्रकार श्याम सर्राफले जानकारी दिए । मृतकको सनाखत भएको छैन । उनको टाउकोमा गोली लागेको छ ।झडपका क्रममा प्रदर्शनकारीहरुले ढुंगामुढा प्रहार गरेपछि प्रहरीले पनि केहि राउण्ड अश्रु ग्याँस प्रहार गर्नुका साथै हवाइ फायर पनि गरेको छ । प्रहरीले दुइ राउण्ड अश्रु ग्याँस र दुइ राउण्ड हवाइ फायर गरेको  छ । मितेरी पुलमा मधेश मोर्चाको धर्नाका कारण वीरगन्ज रक्सौल नाकामा सवारी सोमबार बिहान ११ बजे देखि आवागमन ठप्प भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१