राष्ट्रपतिमा बिद्यालाई भोट नदिएको झलनाथलाई केपी ओलीको आरोप

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ कार्तिक २०७२, सोमबार ११:२०

kp-jhalnathकाठमाडौं, १६ कार्तिक । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले राष्ट्रपतिमा बिद्यादेवी भण्डारीलाई भोट नदिएको आरोप लागेको छ । राष्ट्रपति हुने चाहना राखेका खनालले पार्टी निर्णयप्रति असन्तुष्टी जनाउँदै पार्टीकै उम्मेद्धार भण्डारीलाई भोट नदिएको आरोप प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र उनी निकट नेताहरुले लगाउन थालेका छन् ।

केही समय पहिले राष्ट्रपति खनाललाई बनाउने ओली र खनालबीच ‘भद्र सहमति’ भएको थियो । तर राष्ट्रपतिको मौका आउँदा ओलीले बिद्यादेवी भण्डारीलाई अघि सारेपछि खनाल असन्तुष्ट भएका थिए । असन्तुष्ट खनालले भण्डारीलाई भोट नदिएको आरोप लगाउन थालिएको छ ।
राष्ट्रपतिका लागि ब्यवस्थापिका संसदमा भएको गोप्य मतदानमा सत्ता गठबन्धनबाट तीन मत फरक परेको थियो । जसमा एक मत खनालको भएको आशंका ओली पक्षधर नेताहरुले गरेका छन् । खनालले भोट नदिएको जानकारी प्रधानमन्त्री ओलीसमेतलाई उनी निकट नेताहरुले गराइसकेका छन् ।
एमालेबाट सरकारमा जाने मन्त्रीहरुको टुंगो लगाउन शनिवार बसेको एमाले शिर्ष नेताको बैठकमा पनि ओलीले घुमाउरो पाराबाट राष्ट्रपतिमा भोट नदिएको असन्तुष्टी पोखेका थिए । ‘तपाईहरु मलाई असहयोग गर्ने नीति लिँदै हुनुहुन्छ, यसले तपाई, मलाई र पार्टीलाई भलो हुँदैन’ ओलीले खनाललाई लक्षित गर्दै भने ‘गाउँको सामन्य कार्यकर्तादेखि ठुलो नेतासम्म सवैले पार्टी निर्णय कार्यान्वयन गर्ने विधीको निर्माण गरौं ।’
आरोपप्रति आक्रोसित हुँदै खनालले विगतलाई सम्झन ओलीलाई आग्रह गरेका थिए । दुई नेताबीच चर्काचर्की पर्न थालेपछि शनिवार बसेको शिर्ष नेताको बैठकले मन्त्रीको नाम चयन गर्न नसकेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१