न्यूनतम आठ घन्टा परिणाम देखिने गरी काम गर्नुस : प्रधानमन्त्री ओली

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ कार्तिक २०७२, सोमबार ११:०६

Kp-oli2काठमाडौं,१६ कातिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक प्रशासनलाई जनमुखी,नतिजामुखी र व्यावहारिक बनाई जनतालाई केन्द्रबिन्दुमा राखेर सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । सार्वजनिक प्रशासनमा संलग्न कर्मचारीले दलीय आडमा काम नगर्ने प्रवृत्ति त्यागेर नियमित अनिवार्य रुपमा न्यूनतम आठ घन्टा परिणाम देखिने गरी काम गरेको हुनुपर्छ ।”
उनले ढिलासुस्ती अन्त्य गरी परिवर्तनको अनुभूति दिने गरी कार्य गर्न गराउन नेपाल सरकारका सचिवहरुलाई निर्देशन समेत दिएका छन् ।
राज्यबाट प्रवाह गरिने सेवा प्रवाहलाई चुस्त र प्रभावकारी, जनतामैत्री एवम् परिणाममुखी बनाउन विद्यमान कानुन, नीति र संरचनामा गर्नुपर्ने सुधारका सम्बन्धमा उचचस्तरीय प्रशासन सुधार समितिले प्रतिवेदन तयार गरी सरकार समक्ष पेस गरेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१