अद्भुत क्षमताका व्यक्ति जसले जिब्रोमा नांगो तार बेरेर बत्ती बाल्छन्

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ कार्तिक २०७२, सोमबार ०७:००

भारत । भारतका एक व्यक्तिको जिब्रोमा विद्युतको करेन्ट सहन गर्ने क्षमता यति धेरै छ कि उनी जिब्रोमा नांगो तार बेरेर त्यही तारमा बिजुली बत्ती बाल्न सक्छन् । तारमार्फत जिब्रो हुँदै करेन्ट प्रवाह हुँदा पनि केही नहुने अद्भुत क्षमताका भारतीय नागरिक हुन्, राजमोह नायर ।

केरेलाको कोल्लमनिवासी राजमोहनले पाँच सय वाटसम्मको बिजुलीको झड्का बेहोर्न सक्छन् । उनको यस्तो अद्भुत क्षमताबारे हिस्ट्री च्यानलले गत साता कार्यक्रम प्रसारण गरेपछि उनीबारे सबै जानकार भएका हुन् । हिस्ट्री च्यानलले उनलाई ‘इलेक्ट्रिक म्यान’का रूपमा दर्शकमाझ चिनाएको थियो । यसअघि उनले शरीरमा नांगो बिजुलीको तार बेरेर बिजुली बाल्ने स्टन्ट देखाइसकेका छन् ।
bijuli manतपाईंमा यस्तो अद्भुत क्षमता कसरी विकास भयो भनी गरिएको प्रश्नको जवाफमा उनले भने, ‘त्यो त थाहा छैन, तर मेरी आमाको निधन भएपछि मैले आफूमा यस्तो क्षमता छ भन्ने थाहा पाएँ ।’

आफू सात वर्षको हुँदा आमाको मृत्यु भएको उल्लेख गर्दै उनले भने, ‘आमा बित्नुभएपछि मलाई बाँच्न मन लागेन । मैले आत्महत्या गर्ने निधो गरेँ र बिजुलीको ट्रान्सफर्मरमा चढेर करेन्ट प्रवाह भइरहेको बिजुलीको तार नांगो हातले समातेँ । तर, मलाई केही भएन । त्यसपछि मलाई भगवान्ले अनौठो क्षमता दिएका रहेछन् भन्ने बोध भयो ।’ आफ्नो क्षमताबारे जानकार भएपछि आत्महत्या गर्ने विचार हराएको उनले बताए । (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१