सरकार र मधेशी मोर्चाबीचको आइतबारको वार्ता बिना निष्कर्ष टुङ्गियो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ कार्तिक २०७२, सोमबार ०६:१६

b867fa8c1a196a0031feda68747d8ad9_Lकाठमाडौँ , १६  कातिक।  सरकार र मधेशी मोर्चाबीचको आइतबारको वार्ता बिना निष्कर्ष टुङ्गिएको तमलोपा का महामत्रि जितेन्द्र सोनल बताएका छन । संघीय समाजवादी फोरमको कार्यालय तीनकुनेमा भएको वार्ता बिना निष्कर्ष टुड्गिएको हो।सरकारका तर्फबाट वार्ता टोलीको नेतृत्व गरेका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले वार्ता सकारात्मक भए पनि निष्कर्षमा नपुगेको बताए। वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री थापाले सिमाङ्कनका बारेमा काँग्रेस लगायतका अन्य दलसँग छलफल गरि सहमति जुटाउने बताए।बिना विभागीय मन्त्री एवम सरकारी वार्ता टोलिका सदस्य रामजनम चौधरीले सीमाङ्कनको प्रमुख विषय समाधानका लागि संविधान अनुसार आयोग बनाउने भन्दा पनि राजनैतिक विषय भएकाले सबै राजनीतिक दलको शीर्ष तहमा बसेर समाधान निकाल्ने सहमति भएको बताए।उनले भने, त्यसका लागि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सबैभन्दा ठूलो स्टेकहोल्डरु भएको नाताले ऊ लगायत सबै राजनीतिक दलका शीर्ष नेताहरुसँगको छलफल र सहमतिका लागि प्रधानमन्त्रीले नै पहल गर्नुहुनेछ। आजको वार्तालाई अन्तिम भनेको मोर्चा पनि वार्तालाई निरन्तरता दिन तयार भएको उनले जानकारी दिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१