मन्त्रिपरिषद् विस्तार हुँदै,एमालेको भागमा १० मन्त्रालय

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ कार्तिक २०७२, आईतवार ११:२९

काठमाडौँ ।  एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको २१ औं दिन आइतबार मन्त्रिपरिषद् विस्तार हुँदैछ।  विस्तारका क्रममा एमालेका तर्फबाट उपप्रधानमन्त्रीसहित ठूलै संख्यामा मन्त्रीहरू सहभागी हुने भएका छन् । एमाले शीर्ष नेताहरुसँगको छलफलमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको भागमा जम्मा १० मन्त्रालय हुने जानकारी दिएका हुन् ।sighdurbarओलीले प्रधानमन्त्रीको शपथ लिँदा असोज २५ गते एमालेका तर्फबाट कानुन तथा न्यायमन्त्रीमा अग्निप्रसाद खरेल, उद्योगमन्त्री सोमप्रसाद पाण्डे र बिनाविभागीय मन्त्रीमा सत्यनारायण मण्डल नियुक्त भएका थिए । हाल कायम रहेका २५ मध्ये १२ मन्त्रालय बिभाजन भइसकेका छन् । बाँकी १३ मन्त्रालयमा राप्रपा नेपाललाई दुई, फोरम लोकतान्त्रिकलाई कम्तिमा एक दिन बाँकी छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१