रुसी विमान दुर्घटना हुँदा १७ बालबालिकासहित सबै २ सय २४ को मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ कार्तिक २०७२, आईतवार ०५:५९

333x207xkoglamavia.jpg.pagespeed.ic.3B1dn7WQGHइजिप्टमा आज भएको विमान दुर्घटनामा परी १७ बालबालिकासहित २ सय २४ जनाको मृत्यु भएको छ । मध्य सिनाइमा रसियन एअरलाइन्सको ‘ए–३२१’ एअरबस विमान दुर्घटना हुँदा चालक दलका ७ र २ सय १७ जना यात्रुको ज्यान गएको हो । इजिप्टको शर्म–अल–शेख सहरबाट रुसको पिटसवर्गका लागि उडेको विमानमा सवार सबै व्यक्ति रुसी नागरिक थिए । इजिप्टका सन्चारमाध्यमहरुले दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’सहित अवशेषहरु फेला परेको बताएका छन् । अहिलेसम्म सयभन्दा बढी शवहरु निकालिसकिएको छ । विमान उडान भरेको २३ मिनेटमै सम्पर्कविहीन भएको थियो । विमान दुर्घटनाको कारण भने पत्ता लागेको छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१