उपराष्ट्रपति पदको निर्वाचन सुरू हुँदै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ कार्तिक २०७२, शनिबार १२:५८

timthumbकाठमाडौँ ,१४ कातिक । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको उपराष्ट्रपति पदको निर्वाचन सुरू भएको छ। नयाँ बानेश्वरस्थित व्यवस्थापिका–संसद् भवनको ल्होत्से हलमा बिहान ११ बजेबाट सुरु भएको मतदानमा एमालेका नेता भरतमोहन अधिकारीले पहिलो मतदान गरेका छन्। अहिले सभासदहरू लामबद्द भएर बतदानका लागि बसेका छन्। मतदान मधेसवादी दलहरूले बहिष्कार गरेका छन्। मतदान दिउँसो २ बजेसम्म चल्नेछ।
सो मतदानमा व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दल र स्वतन्त्रका दुईसमेत ५९७ जना सभासद्लाई मतदानको अधिकार रहेको छ।
सो पदका लागि एनेकपा ९माओवादी०का स्थायी समितिका सदस्य नन्दबहादुर पुन र नेपाली काँग्रेसका पुराना नेता अमियकुमार यादव प्रतिस्पर्धामा छन्।
सो मतदानपछि दिउँसो २ : ३० बाट मतगणना प्रारम्भ हुने र अपराह्न ५ बजे बस्ने संसद्को बैठकमा सभामुख ओनसरी घर्तीमगरले मत परिणाम घोषणा गर्ने संसद् सचिवालयले निर्वाचन कार्यतालिका प्रकाशन गरेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१