काश्मिरमा मारिएका कमाण्डर पाकिस्तानी मूलका

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ कार्तिक २०७२, शुक्रबार १२:४३

download (1)श्रीनगर । भारत अधिनस्थ काश्मिरमा सुरक्षाबलले जारी राखेको कारबाहीको क्रममा बिहीबार मारिएका कमाण्डर पाकिस्तानी मूलका रहेको भारतीय सुरक्षा निकायले जनाएको छ ।

मारिएका ती कमाण्डर लस्कार ए तोइबा ९एलइटी० का वरिष्ठ कमाण्डर मारिएको समाचारमा जनाइएको थियो ।

सो समाचारको क्षेत्रीय प्रहरी प्रमुखले पुष्टि गरेका छन् । मारिएका ती कमाण्डर पाकिस्तानी मूलका रहेको सुरक्षाअधिकारीले जनाएका छन् ।

भारत अधिनस्थ काश्मिरको ज्रमुख सहर श्रीनगरबाट ८९ किलोमिटर दक्षिणमा पर्ने कुल्गामको बाहिरी इलाकामा सुरक्षाकर्मीसँग भएको गोलावाबारीमा अबदुल रेहमान अर्थात अबु कसिमको नामबाट परिचित ती कमाण्डरको मारिएका थिए ।

पकिस्तानी मूलका अर्थात पाकिस्तानको सहर बहावालपुरका कसिमले गत पाँच वर्षयतादेखि भारत अधिनस्थ काश्मिरमा भारतीय सुरक्षाबल विरुद्ध आक्रमण गर्दै आएको बताइएको छ ।

कसिम भारतीय सुरक्षाबल विरुद्धको लडाईमा लस्कर ए तोएबा र अन्य आतङ्ककारी समूहको संयोजकको रुपमा रहेको जाइएको छ ।

सन् २००८ को मुम्बई आक्रमणको पनि यही आतङ्ककारी समूहले नै गराएको दावी गर्दै आएका थिए । सो आक्रमणमा १६६ जनाको मृत्यु भएको थियो । रासस÷एएफपी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१