पाक-अफगान भूकम्पमा मर्नेको संख्या ३४० नाघ्यो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ कार्तिक २०७२, बुधबार १२:५८

pakistan-earthquake(एजेन्सी) ।  पाकिस्तान र अफगानिस्तानमा सोमबार आएको ७.५ रेक्टर स्केलको भूकम्पमा अहिलेसम्म ३४० भन्दा बढी मानिसले ज्यान गुमाएका छन् ।

अन्तराष्ट्रिय सञ्चारमाध्मयहरूका अनुसार पाकिस्तानमा मात्र २५० भन्दा बढीले ज्यान गुमाएका छन् । पाकिस्तानको खैबर पख्तूनख्वा र फाटा प्रान्तमा मात्र २१४ जनाको मृत्यु भएको छ । यी दुवै प्रान्तमा करीब २४ घण्टादेखी मद्धतका लागि कुरिरहेका भूकम्प पीडितहरूको राहत तथा उद्दारकर्मीहरूसँग सामान्य झडप समेत भएको बताइएको छ ।

यसका साथै पञ्जाबमा ५ जना, पाकिस्तान नियन्त्रित कश्मिरमा ९ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । राष्ट्रिय आपद प्रबन्धन प्राधिकरणले पाकिस्तानमा कम्तिमा १६ सय २० मानिस घाइते भएका छन् ।

पाकिस्तानी सञ्चारमाध्मयहरूका अनुसार भूकम्पको कारण हजारौ मानिस रातभर घर बाहिर नै बसेका थिए ।

अफगानिस्तानमा ९० जनाभन्दा बढीको मृत्यु भएको समाचारमा जनाइएको छ । यस्तै, ३ सय भन्दा बढी मानिस घाइते भएका छन् ।

यसैबीच अमेरिका भ्रमणबाट फर्केका प्रधानमन्त्री नवाज सरीफले राहत र उद्धारको कार्यको समिक्षाका लागि एक उच्च स्तरीय बैठक समेत सम्पन्न गरेका छन् । पाकिस्तानी सेनाको उद्धार टोलीले सम्पतिको क्षतिबारे समिक्षा गरिरहेको छ ।

सेनाले रणनीतिक रूपमा प्रमुख काराकोरम राजमार्गमा ४५ ठाऊँमा भूस्खलन भएको थियो । घाइतेहरूको उपचारका लागि सैनिक अस्पतालमा बेडको संख्या ३० प्रतिशतले बढाइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१