जमिनमुनि बन्यो विश्वकै सुविधासम्पन्न ३८ करोडको बंगला

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ कार्तिक २०७२, सोमबार ०६:०१
पछिल्लो पटक विश्वमा नयाँ नयाँ स्थानमा नयाँ नयाँ शैलीका बंगला निर्माण गर्ने क्रम बढिरहेको छ। त्यसो त संसारभरका सबै मानिसहरुलाई एउटा राम्रो घरको सपना हुन्छ।
 
घर मात्रै आकर्षक बनाएर मानिसको चाहना पुरा भएको ठानिँदैन। घरमै स्वीमिङ पुल, जिम गर्ने ठाउँ, फ्रेस वातावरण लगायत कुरामा मानिसहरुको शौखिन बढेको छ।
यस्तै शौखिनदार एउटा बंगला निर्माण गरिएको छ म्यानचेस्टर भिलेजमा। जुन बंगला जमिनमुनि निर्माण गरिएको हो। बाहिरबाट हेर्दा यो बंगला एक क्लासीकल इङ्ग्लिश गार्डेनजस्तै देखिन्छ। यो बंगला बाहिरबाट पुरै घाँसले ढाकिएको छ। भित्रबाट हेर्दा यो घर सम्पूर्ण सुविधा युक्त रहेको छ।
यस घरमा ३ बेडरुम रहेका छन्। डेली मेलमा छापिएको खबर अनुसार यस घरको मूल्य करिब ३८ करोड ३० लाख ३२ हजार नेपाली रुपैयाँ रहेको छ। यो घर अण्डर ग्राउन्ड हुनुका साथै वातावरण मैत्री पनि रहेको छ। यस घरमा फिटनेस जिमका साथै स्वीमिङ पुलको पनि सुविधा रहेको छ।
त्यस्तै बाह्य प्रदुषणमुक्त पनि हुनेछ यो घर। बाहिरको धूलो, धुँवा र अन्य प्रदुषणबाट केही हदसम्म मुक्ति पाइने हुँदा यो घरलाई निकै सुविधासम्पन्न मानिएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१