यूरोपियन युनियनले भारतले नेपालमा लगाएको नाकाबन्दीका बारेमा पहिलोपटक मुख खोल्यो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ कार्तिक २०७२, आईतवार १०:४६

European-Union-EU-1काठमाडौं । यूरोपियन युनियनले भारतले नेपालमा लगाएको नाकाबन्दीका बारेमा पहिलोपटक मुख खोलेको छ । युरोपेली संसदको दक्षिण एसिया मामिला हेर्ने प्रतिनिधिमण्डलकी अध्यक्ष जँ लम्बर्टलले विज्ञप्ती जारी गरी नेपालमा लागेको अघोषित नाकाबन्दी हटाउन भारतलाई अपिल गरेकी छन् ।
‘हामी भारतलाई यो अपिल गर्दछौं कि, नेपालतर्फको आपूर्ति ब्यवस्थामा अवरोध सिर्जना नगरी बिनाअबरोध सीमापार ब्यापार सुनिश्चित गर्न सहयोग गर्नुपर्छ ।’ शुक्रबार जारी गरिएको बिज्ञप्तीमा भनिएको छ ।
विनाशकारी भूकम्पको पीडाबाट माथि उठ्न नपाउँदै नेपाली जनता भारतको अघोषित नाकाबन्दीबाट प्रताडित बनेको इयूको ठहर छ ।
नाकाबन्दीका कारण उत्पन्न पेट्रोलियम पद्धार्थको चरम संकटका कारण नेपाली जनताको दैनिक जीबन र मुलुकको अर्थतन्त्र गंभीर असर परेको भन्दै यूरोपियन यूनियनले चिन्ता व्यक्त गरेको हो ।
नयाँ सरकारले आन्दोलनरत मधेशी दलहरुको मुद्दा संविधानमा संबोधन गर्न वार्ता जारी राख्नु सकरात्मक भएको भन्दै इयूले स्वागत गरेको छ ।
९० प्रतिशत जनताका प्रतिनिधिले संविधानसभाबाट जारी गरेको संविधानप्रति असन्तुष्टि जनाउँदै अघोषितरुपमा व्यापारिक नाकाबन्दी लगाउँदै आएको छ । सरकारले पटक(पटक नाकाबन्दी खुलाउन आग्रह गरेपनि भारतले रेस्पोन्स नगरिरहेको अवस्थामा यूरोपियन यूनियनले विज्ञप्ती जारी गरि चासो देखाएको हो । अनलाइन खबर बाट ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१