कांग्रेसले अरु दलसँग सल्लाह गरी जित्ने गरी राष्ट्रपति र उपराष्ट्रपतिमा उम्मेदवारी दिने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ कार्तिक २०७२, शनिबार १४:५५

शेरबहादुर-देउवा11काठमाडौँ ,७ कातिक ।   नेपाली काँग्रेसको शनिबार बसेको पदाधिकारी बैठकले अरु दलसँग छलफल गरेर जित्ने रणनीतिका साथ राष्ट्रपति र उपराष्ट्रपति पदमा उम्मेदवारी दिने निर्णय गरेको छ।  राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि अहिले अपराह्न ३ बजे बस्ने व्यवस्थापिका संसदको बैठकले प्रक्रिया सुरु गर्दैछ।  पार्टी सभापति सुशील कोइरालाको निवासमा आज बिहान बसेको बैठकले संसद्मा प्रतिनिधित्व गरेका सबै राजनीतिक दलसँग सघन परामर्श गर्दै दुवै पदमा पार्टीका उम्मेदवारलाई विजयी गराउने रणनीतिका साथ उम्मेदवारी प्रस्ताव आज अपराह्न बस्ने केन्द्रीय कार्यसमितिमा प्रस्तुत गरिने पार्टी उपसभापति रामचन्द्र पौडेलले बताए।  केन्द्रीय कार्य समितिले उम्मेदवारी र उम्मेदवारबारे निर्णय गर्नेछ ।  यसैबीच, रासससँगको सङ्क्षिप्त कुराकानीमा पार्टीका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सभामुख र उपसभामुख निर्वाचनमा नेपाली काँग्रेसले सहमतीय प्रक्रियामा जोड दिँदै त्यसनिम्ति वातावरण तयार गरेकाले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन पनि सहमतिमा नै हुनुपर्ने निष्कर्षमा पार्टी रहेको बताए। सहमतिकै लागि भन्दै कांग्रेसले सभामुख र उपसभामुख पदमा उम्मेदवारी नदिएपछि ती पदमा क्रमशः एमाओवादी र राप्रपा नेपालका उम्मेदवार सर्वसम्मत भएका थिए। राससको सहयोगमा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१