आइसिटी क्षेत्रका एक दर्जन हस्तीहरु सम्मानित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ कार्तिक २०७२, मंगलवार ०९:३१

15101946gg साधना बस्नेत  । बडा दशै २०७२ को पूर्वसन्ध्यामा आइसिटी फ्रेम अनलाइन पत्रिका र नेशनल आइसिटी क्लव नेपालले  आइसिटी क्षेत्रमा २ दशकदेखि योगदान पुर्याउने आइसिटी क्षेत्रका अग्रजहरुलाई सम्मान गरेको छ।

कान्तिपुर सिटी कलेजमा आयोजित कार्यक्रममा आइसिटी क्षेत्रका एक दर्जन हस्तीहरु सम्मानित भएका हुन । कार्यक्रममा पूर्व बिज्ञान प्रविधि तथा वातावरण मन्त्री गणेश शाह र कल्पना धमलाको उपस्थिती रहेको थियो।

पूर्व मन्त्री शाह र धमलाले आइसिटी क्षेत्रमा योगदान पुर्याउने अग्रज, पत्रकार र बिद्यार्थीहरुलाई आइसिटी क्षेत्रमा थप योगदान पुर्याउन सक्ने हौसला मिलोस् भन्ने शुभेच्छा सहित सम्मान गर्नुभएको थियो।

सम्मानित हुने हरुमा दूरसञ्चार प्राधिकरण नेपालका निर्देशक आनन्दराज खनाल, इन्टरनेट सोसाइटीका अध्यक्ष बावुराम अर्याल, आइसिटी एसोसियसन अफ नेपालका अध्यक्ष भेषराज पौडेल, क्यानका पूर्व अध्यक्ष बिप्लब मान सिंह, सूचना प्रविध केन्द्रका महानिर्देशक बिरेन्द्र कुमार, क्यानका संस्थापक सदस्य सि एन उपाध्याय रहेका छन्।

 

त्यसैगरी टेक जर्नलका कृती भुजु,  एचएलआइसिटी पूर्व उपाध्यक्ष मनोहर कुमार भट्टराई, डिजिटल सर्टिफाइ कम्पनीका नारायण न्यौपाने, आइसर्ट नेपालका राजन राज पन्त र प्रा.डा. शुवर्ण शाक्य रहेका छन।

 

त्यसैगरी आइसिटी क्षेत्रमा विगत एक दशकदेखि प्रिन्ट हुदै अनलाइन पत्रकारीताको माध्यमबाट सूचना प्रवाह गरेवापत आइसिटी पत्रकार विकास मञ्चका संस्थापक अध्यक्ष तथा आइसिटी अनलाइनखबरका प्रधान सम्पादक भरत राज उप्रेतीलाई आइसिटी फ्रेमको तर्फबाट टोक अफ लभ र एप्रिसेसन लेटर पूर्व  बिज्ञान प्रविधि तथा  मन्त्री गणेश शाह र कल्पना धमलाको हातबाट प्रदान गरिएको थियो।

युवापत्रकारीता तथा अनलाइन मिडियाको लागि क्षेत्रमा योगदान पुर्याएवापत राष्टिय अनलाइन पत्रकार संघका अध्यक्ष तथा राष्टिय खबर डटकमा प्रधान सम्पादक मुकुन्द ढुंगानालाई समेत टोकन अफ लभले सममान गरिएको थियो ।  त्यसैगरी बिभिन्न एप्स तथा सफ्टवेयर विकासमा र सोसल मिडिया प्रोजेक्टमा लागेका नयाँ युवा पुस्ताका बिद्यार्थीहरुलाई पनि लेटर अफ एप्रिसेसन प्रदान गरिएको थियो।

15101946g

कार्यक्रममा नेपालीपनको सोसल साइट सगुन डट कमका संस्थापक गोविन्द गिरीलाइृ पनि कार्यक्रममा सम्मान गरिएको थियो । अनलाइन मिडियाले सूचना प्रविधिको क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको कारण सम्मान गरिएको आइसिटी फ्रेमका निर्देशक चिरञ्जीबी अधिकारीले बताए।

आयोजक आइसिटी फ्रेम अनलाइन पत्रिका र नेशनल आइसिटी क्लवको तर्फबाट चिरञ्जिवी अधिकारीले कार्यक्रमका प्रमुख अतिथि  पूर्व  बिज्ञान प्रविधि तथा वातावरण मन्त्री गणेश शाह र कल्पना धमलालाई समेत खादा र मायाको चिनोले सम्मान गर्नुभयो।  एकैपटक आइसिटी क्षेत्रका दर्जनौ व्यक्तिहरु सम्मान भएको यो पहिलो कार्यक्रम भएको कार्यक्रममा उपस्थित भएका आइसिटी क्षेत्रका अग्रजहरुले बताए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १९, २०८१