मलेसियाली विमान रुसले खसालेको दाबी (भिडियो सहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ आश्विन २०७२, बुधबार १२:१३

काठमाडौँ, २७ असोज । १ वर्ष अघि युक्रेनमा दुर्घटना भएको मलेसियाली विमान रसीयाली क्षेप्यास्त्रले खसालेको छानबिन प्रतिवेदनमा उल्लेख छ ।

हिजो सार्वजनिक प्रतिवेदनमा रुसलाई किटेर उसले नै प्रहार गरी विमान खसालेको बिबिसीले जनाएको छ ।

बिबिसीका अनुसार क्षेप्यास्त्र रुसमा बनेको उल्लेख छ । प्रतिवेदनमा क्वालालम्पुरबाट नेदरल्यान्डसको आम्स्टर्डम गइरहेको एमएच १७ विमान गत जुलाई १७ मा युक्रेनमा खसालिएको उल्लेख छ ।

उक्त विमानमा सवार २ सय ९८ जना मारिएका थिए। उता रूसले भने उक्त आरोपलाई अस्वीकार गर्दै आएको छ । एजेन्सीको सहयोगमा

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१